Skip to content
LAXMI SUNRISE BANK

एयरपोर्टमा बैंकर सन्तोष कोइरालासँग रबिन्द्र अधिकारीको त्यो संवाद : ‘हेर न सानो काममा झन् ढिलो भभइरहेको छ’

अर्थ सरोकार

 

‘नमस्कार मन्त्रीज्यु। 
नमस्कार भाइ। 
कता जान लाग्नुभयो? 
म त तेरथुम जान लागेको। भाइहरु कता तिर नी? 
हामी वर्दिया, ठाकुरद्वारा शाखा खोल्न जान लागेको । पशुपति परीसरमा शुक्रवार जुत्ता, चप्पल राख्ने लकर को उदघाटन गर्न हजुरलाइ अनुरोध गरेका थियौं । हजुर त जेनेभा तिर जानु हुने रहेछ। 
त्यहि त यो पल्ट त मिलेन । अस्ति सामान राख्ने लकर को गरेकै हो नि ।
हामी पशुपति क्षेत्र विकास कोषलाइ शुक्रवार हस्तान्तरण गर्दैछौ। 
ल राम्रो। 
पशुपति परिसरमा स्मार्ट सौचालय निर्माण गर्ने भनेर लागेको १ वर्ष जति भयो भाइ, हेर न सानो काम मा झन ढिलो भैराखेको छ। 
यति वार्तालाप आज विहान एयरपोर्ट मा गरेपछि हाम्रो वैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोज्युसंग हालको समसामयिक विषयमा कुराकानी गर्दै गर्दा हाम्रो पनि वुद्द एयरबाट नेपालगंजको लागि बोलावट आयो । अनि रविन्द्र दाइलाई पनि एयर डाइनेस्टीवाट लिन आउनुभयो । हात मिलाएर विदा भएका रविन्द्र दाइलाई अव कहिल्यै भेट्न पाइने छैन । अलविदा रविन्द्र दाइ । हजुरको आत्मा ले शान्ति पाओस।भावपूर्ण श्रद्दान्जली।’
माछापुछ्रे बैंकमा कार्यरत बैंकर सन्तोष कोइरालाले लेखेका छन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK