काठमाडौं – रैराङ हाइड्रोपावरले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा ५९८.७२% वृद्धि गरि७४ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष कम्पनीले १० लाख ७३ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
कम्पनीको बिजुली बिक्रीबाट हुने आम्दानीमा भने गत वर्ष तुलनामा २.८६% ले घटेको छ । कम्पनीको बिजुली बिक्रीबाट १६ लाख ६७ हजार रुपैयाँमा आम्दानी भएको छ । बिजुली बिक्रीबाट आम्दानी घटे पनि अन्य स्रोतबाट ६५ लाख ८३ हजार रुपैयाँ कमाई गरेका कारण खुद नाफामा आकर्षक सुधार भएको देखिन्छ ।
यो दोस्रो त्रैमासमा कम्पनीको सञ्चालन नाफा भने आकर्षक प्रगति भएको छ । कम्पनीको सञ्चालन नाफा ४३४.५४% ले बढेर ७९ लाख ३३ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यस हाइड्रोको सञ्चालन नाफा १४ लाख ८४ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको सेयर पुँजी ५६ कारोड रुपैयाँ छ भने जगेडा कोषमा ३८ लाख ९२ हजार रुपैयाँ जम्मा भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ ७० पैसा रहेको छ ।




Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्