×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘जुम्रा परेको टाउको, समृद्धिको टोपी र सुखी नेपाली अनुहार’ राजन अधिकारीको लेख

  • राजन अधिकारी 
नेपाल सरकारको एउटा खुब गतिलो नारा र अव्यवस्थित लक्ष्य हो, ‘समृद्ध नेपाल र सुखी नेपाली’ । हुन त आम जनमानसको चाहना पनि त्यही हो । तर शुरूवात कसरी त ? काहाँबाट थाल्ने ? एउटा लथालिङ्ग घरमा एक थान हाइ-फाइ सोफा र एउटा भित्तामा राम्रो रङ्ग लगाउदै मा त्यो महल हुँदैन नि ! हुन्छ र ? 
समाचारहरु हेरिसक्न्नु छैनन् देशका । भ्रष्टाचार दिन २ गुना रात ४ गुना छ । बलात्कार र अपराधिक गतिविधि त्यस्तै छ । मानव तस्करी अझै घटेको छैन । बिदेशी भूमिमा कार्यरत नेपालीहरुका रोदन उनीहरुको दोहन त्यस्तै छ । बेरोजगार युवाको पीडा उस्तै छ ।
यस्ता कयौँ बेथिति र भयावह स्थितिका बीचबाट पूर्व-पश्चिम रेल र टाईतानिकको गाना बजाउनु भनेको जूम्रा परेको टाउकोमा समृद्ध नेपाल लेखेको झिल्के टोपी लगाइदिनु जस्तै हो । अव जनता आफ्नो लिखा कन्याउन र पीडा कम गरुन्, कि टाईटानिकको गीतमा नाचुन् ? जति जति जूम्रा र लिखाले रगत चुस्न थाल्छन्, त्यति जनता पीडित हुन्छन् र उकुसमुकुस हुन्छ जनतालाई । त्यो पीडा पुर्व-पश्चिम् रेल र टाईटानिकका ‘डीजे’ (सरकार) सम्म पुग्दैन अनि समाजिक संजाल तात्न थाल्छ । टाईटानिकका मस्त डीजे बिरोधाभाष गरी संजालमाथि खनिनु, सामाजिक संजालनै बन्द गर्ने विज्ञप्ति जारी गर्नु टाउकाको पीडा बोकेका जनताको सहने बलले सीमा नाघ्छ । त्यो दिन सरकारको दुर्भाग्य हुँदैन भन्न सकिन्न । 
हरेक किसिमका भेराइटि-भेराइटिका जुम्राको शोषणबाट बिचलित भएका जनताको दु:ख र क्रोध पोख्ने साधन अनि सरकारलाई सजक गराउने माध्यम हो सामाजिक संजाल । त्यसलाई बन्द गरेर सरकारले कुनखालको अधिनायकवादको अभ्यास गर्न खोज्दैछ भन्ने कुरा सरकारले नै बुझोस् । एअरपोर्टमा जफत गरेका एक बोतल रक्सीले न पानीजहाज चल्छ न त्यसले वाइड बडीका र अन्य भ्रष्टाचारको रकम नेपाल भित्राउँछ । नत वेतुके भासण सुन्न निर्मला पन्तको हत्यारा रेल चडेर आत्मसमर्पण नै गर्न आउँछ । यसले झन सरकारी छवि नकारात्मक असर पार्दैछ । जुम्राहरुले धेरै रगत चुस्दैछन् । भ्रष्टाचार झाङ्गिदैछ । भरखरै मात्रै CNN ले समाचार बनाएको छ, ‘
Government of corrupt politician in Nepal’ भनेर । 
सपना देखौँ र देखाउँ पनि तर टाउकाभरी रगत चुस्ने लिख जुम्रामाथि समृद्धिको झिल्के टोपी धल्काएर होइन । पहिला जुम्रा मारौं, फोहोरी राजनीति सफा गरौं, जनताका पीडा अलिक कम गरौँ । अनि समृद्धि को झिल्के टोपी पहिराउँ । त्यसपछि त हामी मिली नाचौला न ‘पूर्व-पश्चिम रेल’ को गीतमा ।’समृद्ध नेपाल र सुखी नेपाली’ कुनै पार्टीगत नभइ सबै नेपाली कै नारा र चाहान हो । अभियान देशभित्रबाट नै सुरु गर्न आवश्यक छ । जुम्रा मारेर ।
राजन अधिकारी 
हाल कतार
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: