काठमाडौं – सानिमा माई हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीले खुद नाफा ५.०३% वृद्धि गरि २२ करोड ९६ लाख ६३ हजार ९११ रुपैयाँ कमाएको छ । गत वर्ष २१ करोड ८६ लाख ५६ हजार ६९८ रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीले विद्युत बिक्रीबाट हुने आम्दानी पनि ३.८६% ले बढाएर ४७ करोड ४७ लाख ८३ हजार ४५४ रुपैयाँ पुर्याएको छ । गत वर्ष सानिमाले विद्युत बिक्रीबाट ४५ करोड ७३ लाख ७२ हजार ८२१ रुपैयाँ आम्दानी गरेको थियो ।
हाल कम्पनीको सेयर पुँजी २ अर्ब ३२ करोड १० लाख रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोषमा भने ४६ करोड ३८ लाख २ हजार ७२० रुपैयाँ रहेको छ । कम्पनी प्रतिसेयर आम्दानी १० रुपैयाँ ८८ पैसा छ । यसको प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ९९ पैसा रहेको छ ।




Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्