-
सुरज प्याकुरेल / अर्थ सरोकार डटकम
काठमाडौँ- सांग्रिला डेभलपमेन्ट बैंकमा केहि संस्थापकहरुले नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशनको ठाडो अवज्ञा गरेको भेटिएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको संस्थापक सेयर नामसारी वा खरिद / विक्री वा हक हस्तान्तरण सम्बन्धी व्यवस्था (इ प्रा निर्देशन नम्बर १० /०७५) अन्तर्गतको निर्देशन अटेर गरी गैरकानुनी काम गरेको रहस्य अर्थ सरोकार डटकमले फेला पारेको हो ।
निर्देशिका मिचेर ‘गैरकानुनी’ काम !
पहिला बैंकको १४औँ बार्षिक प्रतिवेदन र १४औं बार्षिक प्रतिवेदन हेरौँ । १४औँ बार्षिक प्रतिवेदनको पेज नम्बर ३६ मा ०.५ प्रतिशत वा सो भन्दा बढी स्वामित्व भएका व्यक्ति / समूह / फर्म / कम्पनीको नाम खुलाईएको छ । जस अन्तर्गत विश्वास गौचन, मधुसुधन शर्मा, ज्योति शेरचन गौचन, लगायतको नाम छ । अव उदाहरण हेरौँ मधुसुधन शर्माको । १४ औं बार्षिक प्रतिवेदन अनुसार उनको सेयर संख्या २७३७१० रहेको छ भने त्यसको मूल्य २७३७१००० रुपैयाँ रहेको छ । अघिल्लो प्रतिवेदनमा उनको स्ट्याटस के छ त ? बैंकको १३ औं बार्षिक प्रतिवेदन हेरौं । प्रतिवेदनको पाना नम्बर ३५ मा ०.५ प्रतिशत वा सो भन्दा बढी स्वामित्व भएका व्यक्ति / समूह / फर्म / कम्पनीको नाम खुलाईएको छ । जसमा नेपालगंज ३ ठेगाना भएका मधुसुधन शर्माको २५८१०२ सेयर संख्या छ।


उक्त सेयर संख्याको रकम २५८१०२०० रुपैयाँ रहेको उल्लेख छ । यसको अर्थ मधुसुधन शर्माको सेयर संख्या अघिल्लो बार्षिक प्रतिवेदनदेखि यसपालीको बार्षिक प्रतिवेदन हेर्दा १५६०८ संख्या सेयर बढेको छ । अव उनले कुनै बैंकबाट कर्जा लिएर पो यसरी संथापक सेयर किनेका छन् कि ? त्यो हेरौं । १४औँ बार्षिक प्रतिवेदनको पाना नम्बर ७८ अनुसार उनले प्रभु बैंकबाट कर्जा लिएको देखिन्छ । र यो कर्जाबाट नै उनले सांग्रिला डेभलोपमेन्ट बैंकको संस्थापक सेयर उठाएका छन् । यो फाइल बैंकमा गोप्य रुपमा राखिएको छ । तर उनको सो कर्जाको ‘मनि मुभमेन्ट’ हेर्ने हो भने सो कर्जावापतको रकम सांग्रीलाकै सेयर किन्न प्रयोग भएको देखिन्छ । यस्तै काम विश्वास गौचन, ज्योति शेरचन गौचन लगायतले पनि गरेका छन् ।


राष्ट्र बैंकको निर्देशिका भन्छ, ‘यसो गर्न मिल्दैन’
सो निर्देशनको दुइ नम्बर बुँदा अन्तर्गत उपबुँदा (ज) मा लेखिएको छ, ‘यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामा संस्थापक सेयरधनी भै लगानी गर्दा बैंक तथा वित्तीय संस्थाबाट ऋण तथा सापटी लिइ लगानी गर्न पाइने छैन ।’ यहि व्यवस्था विपरित विश्वास गौचन, मधुसुधन शर्मा, ह्योती शेरछन् गौचन, बद्री लाल मल्ल लगायतले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर संस्थापक सेयरधनी भइ लगानी गरेका छन् ।

मधुसुधन शर्मा भन्छन् ‘यसरी लोन लिन पाइदैन भन्ने नै थाहा थिएन’
यस विषयमा बुझ्न हामीले मधुसुधन शर्मालाई सम्पर्क गरेका थियौँ । यसबारे हाम्रो जिज्ञासामा उनले आफुलाई राष्ट्र बैंकले यस विषयमा सोधेकोसमेत खुलासा गरे । ‘मलाइ यसरी लोन लिन पाईदैन भन्ने थाहा थिएन । यो अलि एक बर्ष अघिको कुरा हो ।म तपाईंलाई एकछिनपछी कल गर्छु ।’ यति भनेर फोन काटेका उनी त्यसपछि हाम्रो सम्पर्कमा आएनन् । त्यसपछि हामीले बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठसँग यस विषयमा बुझ्ने प्रयास गरायौं । तर उनले फोन उठाएनन् ।

बैंककै सञ्चालक अख्तियार धाउँदै !
अझ यो प्रकरणमा अचम्मको कुरा त के छ भने बैंकमा हाल संचालक रहेका एक व्यक्ति नै यो प्रकरण लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेका छन् । ‘बैंकमा हदसम्मको बदमासी भएको छ । राजेन्द्र दाइ (राजेन्द्र पौडेल) हुँदा पनि बैंकभित्र अनेक ‘नन-कम्प्लाइन्स’का काम भए, अहिले पनि भइरहेका छन् । न बोर्डमा यो कुरा राख्न दिइन्छ, न हाम्रो सुनुवाई नै हुन्छ । अनौपचारिक कुरा राख्दा पनि अनेक धम्की दिइन्छ । अख्तियारको केस कहाँ पुग्यो थाहा छैन, तर अर्थ सरोकारले यसलाई उठाईदिनु पर्यो ।’ बैंकका एक संचालकले अर्थ सरोकार डटकमसँग भने ।

‘बैंकको संचालकले त यो कुरा बोर्डमा उठाउनु पर्ने होइन र ?’ हाम्रो प्रश्नमा उनी भन्छन्, ‘आफु दुश्मन मात्र भइन्छ, कसरी उठाउने ? बरु मिडियाले नै यो कुरा बोलिदिए राष्ट्र बैंकले कुनै कदम चाल्थ्यो कि ?’ उनले भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्