×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिखर इन्सुरेन्सको खुद नाफा ७.७९% ले वृद्धि, प्रति सेयर आम्दानी कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

शिखर इन्सुरेन्सको खुद नाफा ७.७९% ले वृद्धि, प्रति सेयर आम्दानी कति ?

Artha Sarokar

१ फाल्गुन २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – शिखर इन्सुरेन्सले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा ७.७९% ले बढोत्तरी गरि २१ करोड २० लाख ६ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष यसले १९ करोड ६६ लाख ७३ हजार रुपैयाँ नाफा कमाएको थियो । 
यो दोस्रो त्रैमासमा कम्पनीले ९० करोड ४९ लाख ५० हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ।  यो गत वर्षको तुलनामा ४.४९% ले धेरै हो । गत वर्ष ८६ करोड ५९ लाख ८२ हजार रुपैयाँमात्र खुद बिमा शुल्क आर्जन भएको थियो ।
कम्पनीले बिमा कोषको आकार पनि ३०.४५% ले वृद्धि गरेर ९५ करोड ७१ लाख ९५ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष बिमा कोषमा ७३ करोड ३७ लाख २१ हजार रुपैयाँ थियो । यता, कम्पनीले ७४ करोड ४ लाख २५ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने ७३ करोड ४८ लाख ९३ लाख रुपैयाँ दाबी भुक्तानी हुन बाँकी रहेको देखिन्छ । 
चुक्ता पुँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३४ करोड ८७ लाख ९५ हजार ८५६ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४० रुपैयाँ १ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी