Skip to content
LAXMI SUNRISE BANK

शिव श्री हाइड्रोपावरको १४ लाख ७६ हजार ४०० कित्ता आइपीओ भर्ने आज अन्तिम मौका, यी ठाउँबाट भर्न सकिने

अर्थ सरोकार

आइपिओ नोटिस :
कम्पनी : शिव श्री हाइड्रोपावर
खुला भएको मिति : पुस २७ गते
प्रति कित्ता मूल्य : १०० 
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता :७ हजार ३८० कित्ता
विवरण : 
शिव श्री हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयलाई १४ लाख ७६ हजार ४०० कित्ता आइपीओ भर्ने म्याद शुक्रबार (आज) अन्तिम दिन रहेको छ । आइपिओ नबिकेपछि थप गरेको समय पनि आज अन्ति मदीन रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीयलाई १४ करोड ७६ लाख ४० हजार रुपैयाँ बराबरको आइपिओ  बिक्री खुला गरे हो । 
आयोजना प्रभावितलाई सेयर जारी गरेपछि कम्पनीले फेरि सर्वसाधारण र कर्मचारीलाई गरी कुल २२ लाख १४ हजार ६०० (१५%) कित्ता सेयर आइपीओ निष्कासन गर्नेछ । स्थानीयको आइपीओमा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका, बाह्रविसे नगरपालिका, त्रिपुरा गाउँपालिका र सुनकोशी गाउँपालिकाका आयोजना प्रभावित बासिन्दाले मात्र आवेदन दिन सक्नेछन् ।
आवेदन दिन सकिने शाखाहरु :
सिद्धार्थ क्यापिटल
भोटेकोशी गाउँपालिका कार्यालयबाट
सिन्धु विकास बैंक, नेपाल बंगलादेश बैंक, सिभिल बैंक, एनआइसी एसिया र हिमालयन बैंकको शाखाबाट 
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १ अर्ब १० करोड ७३ लाख रुपैयाँ
आइपिओ बिक्रीपछि चुक्ता पूँजी : १ अर्ब २५ करोड ४९ लाख ४० हजार रुपैयाँ पुग्ने
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK