×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिवम् सिमेन्टको ४४ लाख कित्ता आइपिओ बिक्रि खुल्ला, न्यूनतम ५० देखि अधिकतम ४४ लाख कित्तासम्म भर्न पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

शिवम् सिमेन्टको ४४ लाख कित्ता आइपिओ बिक्रि खुल्ला, न्यूनतम ५० देखि अधिकतम ४४ लाख कित्तासम्म भर्न पाइने

Artha Sarokar

६ फाल्गुन २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

आइपिओ नोटिस :
कम्पनी : शिवम् सिमेन्ट
खुला हुनेको मिति : आज (सोमबार, फागुन ६ गते)
भर्ने अन्तिम मिति :  फागुन ९ गते
कित्ता : ४४ लाख कित्ता
प्रति कित्ता मूल्य : ३००
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ४४ लाख कित्ता 
विवरण : 
शिवम् सिमेन्टको ४४ लाख कित्ता आइपिओ आजदेखि बिक्रि खुल्ला भएको छ । कम्पनीले प्रतिकित्ता ३०० रुपैयाँको दरमा सर्वसाधारणले ४१ लाख २० हजार कित्ताका लागि आवेदन दिन पाउने जनाएको छ । कुल ४४ लाख कित्तामध्ये २ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । 
यस्तै, सामूहिक लगानी कोषलाई पनि २ लाख २० हजार कित्ता नै छुट्याइएकोमा ६० हजार कित्तामात्र माग भएपछि बाँकी १ लाख ८० हजार कित्ता पनि सर्वसाधारणलाई नै थप गरी बिक्री गर्न लागिएको हो । यो आइपिओ फागुन ६ गतेदेखि ९ गते सम्म खुल्ला हुने भएको छ।  उक्त समयमा आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा  चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ ।
आवेदन दिन सकिने शाखाहरु :
एनआइबीएल एस क्यापिटल
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी