
- सुरज प्याकुरेल / अर्थ सरोकार डटकम
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आफैंले बनाएको कार्यविधि विपरित सिए फर्मको नामको अप्रुभल दिएको प्रमाण अर्थ सरोकारले फेला पारेको छ । आइक्यानले चार्टड एकाउन्टेन्ट सुजन काफ्ले, लव खत्री र राजाराम कंडेलको साझेदारी फर्मलाई आफ्नै कार्यविधि विपरितको नाम दिएको हो । उक्त सिए फर्मको नाम ‘सुजन काफ्ले एलआर एसोसिएट्स’ रहेको छ । कार्यविधि अनुसार एउटा पार्टनरको पूरा नाम र अरु दुइ पार्टनरका नामको पहिलो अक्षर प्रयोग गरेर यसरी फर्मको नाम राख्न पाईदैन ।
आइक्यान स्रोतले दिएको जानकारी अनुसार आइक्यानका एक पूर्व अध्यक्षको भनसुनमा यस्तो गैरकानुनी काम भएको हो । ‘आइक्यानका एक पूर्व अध्यक्षले यस्तो नाम मिल्छ दिनु भनेर अर्हाए । अध्यक्षले भनेपछि बिचरा बिनोद न्यौपानेले कहाँ नियम हेर्न भ्याउनु ?’ ती कर्मचारीले भने, ‘यसअघि भनसुनकै आधारमा अर्को एक चलेको फर्मलाई पनि नियम विपरित नाम दिइएको थियो । अहिले उक्त फर्मले नाम फेरेको छ ।’
हेर्नुहोस् आइक्यानको कार्यविधि : कसरी मात्र नाम राख्न पाइन्छ भन्ने नियम यस्तो छ !

के भन्छ आइक्यान ?
सिए फर्मको नाम स्वीकृति दिने अधिकार पाएका आइक्यानका कर्मचारी बिनोद न्यौपानेसंग हामीले शुक्रबार ‘नियम विपरित सुजन काफ्लेको सिए फर्मले कसरी नाम पायो ?’ भनी प्रश्न गरेका थियौं । जवाफमा न्यौपानेले आफुले यसबारे बुझ्ने बताएका थिए । उनले आफु काठमाडौँबाहिर भएकाले आइतबार आइक्यान पुगेर यस विषयमा बुझ्ने बताए । आइतबार हामीले यस विषयमा फलोअप गर्दा आफ्नो गल्ती स्वीकार्दै उनले भने, ‘हो ! गल्ती भएको रहेछ । मैले शुक्रबार नै फोन गरेर बुझ्न लगाएको थिएँ । गल्ती भएको रहेछ । अव करेक्सन गर्छौं । सुरज भाइलाई विशेष धन्यवाद छ । हामीले थाहा नपाएको कुरा पनि पत्ता लगाईदिनुभयो ।
सुजन काफ्ले भन्छन्, ‘आइक्यानले दियो, मिल्छ भन्ने लाग्यो’
यस विषयमा बुझ्न हामीले सिए सुजन काफ्लेलाई समेत फोन गरेका थियौं । उनले आइक्यानले नाम दिएपछि गलत कसरी भयो होला र भनी उल्टै प्रतिप्रश्न गरे । ‘दिन्छ कि दिंदैन भनेर ट्राइ गरेको, दियो । आइक्यानले दिएपछी नाम प्रयोग गर्यौं । आइक्यानले भएन भन्छ भने सच्याउन तयार छौं ।’ उनले भने । उनको कुरा सुन्दा उनलाई यो नाम नियम विपरित थियो भन्ने थाहा रहेको बुझिन्छ । त्यसपछि हामीले फेरी सोध्यौँ, ‘तपाईंले मिलाएर, कसैलाई प्रभावमा पारेर नाम लिएको भन्ने कुरा आएको छ के हो ?’ जवाफमा उनले भने, ‘त्यस्तो होइन । हामीले दिन्छ कि भनेर नाम मागेको, आइक्यानले दियो । आइक्यानले दिइनैसकेपछि हामीले प्रयोग गरेका हौँ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्