×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वरोजगार लघुवित्त खुद नाफा ३९.५९% ले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

PRIME CA

स्वरोजगार लघुवित्त खुद नाफा ३९.५९% ले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

२१ माघ २०७५, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६को वित्तीय विवरण सार्वजनिक गरेको छ।  सार्वजनिक भएको विवरण अनुसार संस्थाले खुद नाफा  २ करोड ३६ लाख ९१ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको यहि अवधिको तुलनामा ३९.५९% ले धेरै हो।  गत वर्ष संस्थाको खुद नाफा १ करोड ६९ लाख ७१ हजार रुपैयाँ मात्र आर्जन गरेको थियो ।
संस्थाले खुद ब्याज आम्दानी पनि ४७.४२% ले वृद्धि गरी ८ करोड ४९ लाख ५३ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष यसले ५ करोड ७६ लाख २५ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो । यता , सञ्चालन नाफा पनि २०.८९% ले बढाएर ३ करोड २२ लाख ४२ हजार रुपैयाँ पुर्याएको छ । 
यो दोस्रो त्रैमाससम्म आउँदा सस्थाले ९८ करोड ७९ लाख ९७ हजार रुपैयाँ निक्षेप संकलन गरि २ अर्ब ८२ करोड ६८ लाख ३७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । हाल संस्थाको चुक्ता पुँजी २६ करोड ९५ लाख १२ हजार रुपैयाँ छ भने जगेडा कोषमा ६ करोड ८१ लाख ६८ हजार रुपैयाँ जम्मा भएको छ ।
संस्थाको खराब कर्जा ०.८१ % रहेको छ भने प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५८ पैसा र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ २९ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: