×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनिभर्सल पावर कम्पनीको ९३ लाख २७ हजार ४१० कित्ता आइपीओ बुधबार बाँडफाँट हुँदै

PRIME CA

युनिभर्सल पावर कम्पनीको ९३ लाख २७ हजार ४१० कित्ता आइपीओ बुधबार बाँडफाँट हुँदै

१२ फाल्गुन २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – युनिभर्सल पावर कम्पनीको आइपीओ बुधबार (फागुन १५ गते) बाँडफाँट हुने भएको छ । कम्पनीको कुल  ९३ लाख २७ हजार ४१० कित्ता आइपीओमा ९२ लाख ४५ हजार ७४० कित्ताका लागि आवेदन परेको छ ।कम्पनीको उक्त आइपिओम १ लाख ७ हजार १५९ जनाले आवेदन दिएका छन् ।
कम्पनीले माघ २५ गतेदेखि फागुन ८ गतेसम्म सर्वसाधारणका लागि ८६ लाख ७४ हजार ४९२ कित्ता आइपीओ बिक्री खुला थियो। यस आधारमा रितपूर्वक आवेदन दिने सबैले सेयर पाउने भएका छन् । कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १७ लाख ६६ हजार १५० कित्तासमेत गरी कुल ९३ लाख २७ हजार ४१० कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । यसमध्ये १ लाख ८६ हजार ५४८ कित्ता सेयर कर्मचारी र ४ लाख ६६ हजार ३७० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।
कम्पनीले दोलखा जिल्लामा ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यसको अनुमानित लागत २ अर्ब ४ करोड ६० लाख रुपैयाँ छ । कम्पनीको आइपीओलाई इक्रा नेपालले ‘ग्रेड ४’ रेटिङ दिएको छ । यसको जारी पुँजी २ अर्ब १० करोड ३ लाख ५० हजार रुपैयाँ छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: