Skip to content
LAXMI SUNRISE BANK

धुर्मुस सुन्तली फाउण्डेसनमा जागिरको अवसर ! (पूर्ण सूचनासहित)

अर्थ सरोकार

काठमाण्डौ – धुर्मुस सुन्तली फाउण्डेसनले जागिरका लागि आवेदन खुलाएको छ । बहुआयामिक अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुटेको धुर्मुस सुन्तली फाउण्डेसनका लागि विभिन्न २३ वटा शीर्षकमा आवेदन खुलाइएको हो । 
धुर्मुस सुन्तली फाउण्डेसनले खुल्ला गरेको आवेदनमा प्रोजेक्ट म्यानेजर, कन्स्ट्रक्सन म्यानेजर, अफिस म्यानेजर, कम्युनिकेसन म्यानेजर, मार्केटिङ म्यानेजर, एचआर म्यानेजर, फाइनान्स म्यानेजर, प्रोडक्सन म्यानेजर, आईटी म्यानेजर, सोसल मिडिया एक्स्पर्ट, सिभिल तथा आर्किटेक इञ्जिनियर, साइट इञ्चार्ज, इन्टेरियर डिजाइनर, एक्जिक्युटिभ सेक्रेटरी, आईटी अफिसर, पब्लिक रिलेसन अफिसर, क्यामरा पर्सन, एक्जिक्युटिभ असिस्टेन्ट लगायतका २३ शीर्षकमा नेपाली नागरिक भएका तथा अनुभवी व्यक्तिहरुको माग गरेको छ । 
आवेदन भर्न चाहने नेपालीहरुले merojob.com/project-manager-269/ मा गएर आवेदनभर्न सकिने छ । जागिरका लागि आवेदन दिँदा आफूले लिन चाहेको मासिक तलब पनि उल्लेख गर्नु पर्ने बताइएको छ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK