
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – अर्थमन्त्री युवराज खतिवडाले आफ्नो पदबाट राजीनामा दिने जानकारी प्रधानमन्त्रीलाई गराएका छन् । राजनीतिक अनुभव नभएपनि विषय विज्ञका रुपमा अर्थमन्त्री बनाइएका उनले पार्टीभित्र र बाहिर आफ्नो चर्काे आलोचना भएको भन्दै विदेश जानु अघि उनले आफूले ‘मार्ग प्रशस्त गर्ने’ जानकारी गराएका हुन् । स्रोतका अनुसार केहि दिन अघि प्रधानमन्त्री ओलीकहाँ राजीनामाको मनस्थिति बनाएको संकेत गर्न पुगेका अर्थमन्त्री डा. खतिवडालाई प्रधानमन्त्री ओलीले काम गरिरहन आग्रह गरेका थिए ।
तत्कालीन नेकपा एमालेका महासचिव ईश्वर पोखरेल नै अर्थमन्त्री हुन चाहेका समाचार सार्वजनिक भएका बेला युवराज खतिवडालाई अर्थमन्त्री बनाइएको थियो । डा. खतिवडा २०७४ फागुन ४ गते अर्थमन्त्री बनेका थिए । सरकारमा मन्त्रीहरु हेरफेर गर्ने गृहकार्य भइरहेका बेला खतिवडा र प्रधानमन्त्रीको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सरकारका अन्य मन्त्रीहरु हेरफेर गरिएपनि खतिवडालाई यथास्थितिमै राखिने सल्लाह सत्तारुढ दलबीच भएको थियो । तर खतिवडाको मनस्थिति राजीनामा दिने नै बुझेपछि नेकपाभित्र अवको अर्थमन्त्री को हुन्छ भन्नेसमेत चर्चा हुन थालेको छ ।
पछिल्लो समय उद्योगी व्यवसायीले अर्थमन्त्रीलाई ‘क्रस’ गरेर सिधै प्रधानमन्त्री भेट्न थालेको, आफ्नै कारण सेयर बजार घटेको भन्ने अफवा फैलाइएको, लगायतका कारणले निराश बनेका उनले प्रधानमन्त्री समक्ष आफुले पद छाड्न चाहेको संकेत गरेका हुन् । स्रोतका अनुसार भेटका क्रममा डा. खतिवडाले आफूले बाहिरबाट पनि प्रधानमन्त्री ओलीलाई सक्दो सहयोग गर्ने जानकारी गराएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्