Skip to content
LAXMI SUNRISE BANK

लघु विमा कम्पनी स्थापना गर्ने अर्थमन्त्रीको घोषणा, सहकारीलाई काइदा, कृषकहरुलाई फाइदै फाइदा (भिडियो)

अर्थ सरोकार

काठमाडौँ- अर्थमन्त्री डा. युवराज खतिवडाले कृषि उत्पादनमा हुने जोखिम न्यूनिकरणका लागि लघु विमा कम्पनी स्थापना गर्ने घोषणा गरेका छन्। अर्थमन्त्री खतिवडाले कृषि उत्पादनमा जोखिम हुन नदिन लघु विमा कम्पनी खोलेर लघु विमा कार्यक्रम संचालन गर्न सहकारी संस्थाहरुलाई पनि आग्रह गरे । 
उनले सहकारी संस्थाहरुलाई लघु विमा कार्यक्रम संचालन गर्नका लागि सरकारले आवश्यक नीति, कानुन निर्माण गरिदिने प्रतिवद्धता पनि व्यक्त गरे । नेपाल कृषि सहकारी केन्द्रिय संघ लिमिटेडको ११ औं वार्षिक साधारण सभालाई बिहीबार काठमाडौंमा उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले पूँजी, प्रविधि र प्राकृतिक विपत्तिका कारण कृषि उत्पादनमा जोखिम हुने गरेको उल्लेख गर्दै त्यसलाई रोक्न सरकारले पशु र कृषिमा लघु विमा कार्यक्रम संचालन गरेको पनि स्मरण गरे ।
अर्थमन्त्री खतिवडाले अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी बस्तुहरुको उत्पादन गर्न पनि सम्बन्धित निकायलाई सचेतसमेत गराए ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK