काठमाडौँ – किस्ट बैंक ठगी प्रकरणमा मुछिएका तत्कालीन सीईओ कमल ज्ञवालीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । उक्त फैसला न्यायाधीशद्वय केदार प्रसाद चालिसे र डम्बर बहादुर शाहीको आइतबारको इजलासले सुनाएका हो ।
ज्ञवालीले सिद्धार्थ डेभलपमेन्ट बैंकबाट लिएको ऋणको सावाँब्याज तिर्न नसकेको बेलामा बैंकको कर्जा दुरुपयोग गरेको उजुरी राष्ट्र बैंकमा दर्ता भएको थियो । राष्ट्र बैंकले २०६९ सालमा छानबिन गर्दा उनले १२ करोड रुपैयाँ पर्ने धितोमा साढे १५ करोड रुपैयाँ ऋण दिएको रहस्य खुलेको थियो । राष्ट्र बैंकले साढे ३ करोड रुपैयाँ तत्काल उठाउन निर्देशन दिएको थियो ।
अदालतले ज्ञवालीको रिट खारेज गर्दै उच्च अदालत पाटनमा बैंक ठगी प्र्रकरण मुद्दा विचाराधीन रहेकाले धरौटीमा छाड्न नमिल्ने आदेश जारी गरेको छ । बैंक ठगीपछि फरार रहेका ज्ञवालीलाई गत २० असोजमा पक्राउ गरी उच्च अदालत पाटनको वाणिज्यमा पेस गरिएको थियो । सो इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उच्च अदालतले थुनामा राख्ने आदेशपछि ज्ञवाली ८ माघ २०७५ मा सर्वोच्च अदालत पुगेका थिए । उच्च अदालतमा मुद्दा चलिरहेको र तत्कालीन समयमा अदालतलाई सहयोग नगरेको आरोपीलाई धरौटीमा छाड्न नमिल्ने भन्दै रिट नै खारेज हुने फैसला सुनाइएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्