
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफ्नो पार्टीमा सरकारले प्रतिबन्धको सशक्त प्रतिरोध गर्ने बताएका छन् । विप्लवले पार्टीमाथि दमन गरिए त्यसको मुखतोड जवाफ दिने चेतावनी पनि दिएका छन् । फागुन २८ गते मन्त्रिमण्डलको बैठकले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्धपछि पहिलो पटक विप्लवले विज्ञप्ति दिएर सरकारलाई त्यसको जवाफ दिने बताएका हुन् । उनले सत्तालाई कम्पनीको संज्ञा दिएका छन् । ‘केपी–बादल कम्पनीले आफ्नो पार्टीमाथि दमन गर्यो’ भने त्यको मुखतोड जबाफ दिइनेछ ।’ विप्लवले विज्ञप्तिमा भनेका छन् ।
‘यही फागुन २८ गते साँझ केपीको मन्त्रिपरिषद्को बैठकबाट हाम्रो गौरवशाली पार्टीमाथि प्रतिबन्ध लगाउने, राजनीतिक मान्यता नदिएर अपराधी समूह मान्नेजस्तो आपराधिक, षड्यन्त्रकारी तर हास्यास्पद निर्णय गरेको प्रचार सञ्चारमाध्यममा आएको छ । केपी—बादल कम्पनीको यस कुकर्मप्रति जनताको चासो हुनु स्वाभाविक छ’ विज्ञप्तिमा उल्लेख छ । राष्ट्र बेचेर खाने, दलाल, तस्करहरुसँग मिलेर जनताविरुद्ध अपराध गर्ने, झापा विद्रोह, जनयुद्धका सहिद, घाइतेलाई धोका दिने आदर्श मूल्यमान्यतालाई बेचेर खानेमाथि प्रतिबन्ध लगाउने पर्ने विप्लवले विज्ञप्तिमा भनेका छन् ।
‘जहाँसम्म हाम्रो पार्टीलाई प्रतिबन्ध लगाउने प्रचार छ, प्रतिबन्ध हामीलाई होइन, राष्ट्र बेचेर खाने, विदेशीको दलाली गर्ने, भ्रष्ट, कमिसनखोर, तस्करहरूसँग मिलेर जनताका विरुद्ध जघन्य अपराध गर्ने अपराधी, भ्रष्ट, राज्यका मन्त्री र उनीहरूका मतियारहरूलाई लगाइनेछ । झापा विद्रोह र दस वर्षको महान् जनयुद्धका हजारौँ सहिद, बेपत्ता, घाइते र क्रान्तिकारीहरूलाई धोका दिने, कम्युनिस्ट आदर्श, सिद्धान्त, मूल्य, मान्यता, लक्ष्य बेचेर खाँदै जनताका वैरीहरूसँग गठजोड गरेर क्रान्तिकारीहरूमाथि दमन गर्ने ‘अधर्मी’, अनैतिक, अन्तर्घाती अपराधीहरूलाई प्रतिबन्ध लगाइनुपर्छ’ विज्ञप्तिमा उल्लेख छ । उनले एनसेल, अरुण ३, मानव तस्करमाथि गरेको कारबाही गर्दा आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाउनेहरु अपराधी हुन भन्ने पुष्टि भएको उनले उल्लेख गरेका छन् ।
‘जहाँसम्म अरुण ३, एनसेल, मेनपावर सप्लाई कम्पनीमाथिको कारबाही हुन्, ती हामीले गरेको हो र त्यसलाई राज्यले अपराधी भन्छ भने जनताले यो बुझ्नुपर्दछ– अरुण ३ जस्तो राष्ट्रघाती सम्झौता गरेर अर्बौं कमिसन खाने अपराधी केपी—बादल कम्पनी रहेछ, हाम्रा हजारौँ दिदीबहिनीहरूलाई विदेशी बजारमा आलु बेचेजसरी बेचेर हुर्मत लिने अपराधी यिनीहरू नै रहेछन्, खुलेआम अर्बौं रुपैयाँ ठगी गर्ने गिरोहमा यिनीहरू नै रहेछन् ।’ बिज्ञप्तिमा उनले अगाडि भनेका छन्- “यसो हो भने अबको कारबाही एनसेल, मेनपावर र अरुण ३ माथि होइन, यी अपराधीमाथि हुनुपर्छ । यी कारबाहीलाई केपीले लगातार चन्दामा लगेर जोड्नु भनेको आफ्नो भ्रष्ट अनुहारलाई छोप्ने तुच्छ तर उदाङ्गो खेल मात्र हो । हामीले कुनै विदेशी केन्द्रबाट पैसा हसुरेका छैनौँ, कसैको दलाली गरेर कमिसन खाएका छैनौँ ।’
महासचिव विप्लवले जनता र राष्ट्रको भविष्यका लागि लडिरहेका अवस्थामा चन्दा उठाउनु नेकपाकाे नैसर्गिक अधिकार भएकाे दावी गरेका छन्। यसप्रति कोही पनि भ्रममा नपर्न र दलाल पुँजीवादी सत्तालाई समाप्त पार्ने क्रान्तिलाई सम्पूर्ण खालको सहयोग गर्न सबैमा अनुरोध गरेका छन्।
हेर्नुहोस् विज्ञप्ति

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्