बिराटनगर – विराटनगरका व्यापारी र भन्सार एजेन्टको सेटिङमा भन्सार राजस्व ठगी गरेर लाखौं मूल्यका सामानहरु विराटनगर भित्र्याउने गरेको रहस्य खुल्न पुगेको छ । विराटनगर महानगरपालिका (साबिक) वडा नं. ८ मा रहेको अभिनन्दन इलेक्ट्रिक र एंकर हाउसले विराटनगर भन्सारका भन्सार एजेन्टसँगको सेटिङमा लाखौं मूल्य पर्ने इलेक्ट्रिक सामान भित्र्याएको रहस्य खुलेको हो । पछिल्लो समय सरकारले जीएसटी प्रणाली अनिवार्य गरेपछि व्यवसायले क्यारिङमार्फत आयात गरिएको सामानको ट्याग हटाएर करोडौं मूल्यका सामान नेपाल ल्याउने गरेको रहस्य पनि अहिले आएर खुलेको हो ।
आन्तरिक राजस्व कार्यालय विराटनगरबाट अभिनन्दन इलेक्ट्रिकका नाममा कृष्ण कुमार गोयलले ३०००९८६८२ नम्बरको भ्याट दर्ता गराएको छ भने एंकर हाउसको नाममा ३००७४९५२० नम्बरको भ्याट दर्ता भएको सञ्चालक कुमोद कुमार गोयल रहेका छन् । उक्त फर्मले विशेषगरी इलेक्ट्रिक सामानहरु आयात गर्ने गरेको कुरा जानकारीमा आएको हो । दुवै फर्मका सञ्चालक गोयलले पछिल्लो समय तेस्रो मुलुक चाइनाबाट आयात गरिएका सामानहरु भारतको कोलकोता बन्दरगाहमा अवतरण हुनासाथ कन्टी अफ ओरिजन चाइनालाई हटाएर कन्टी अफ ओरिजन भारतको डकुमेन्ट तयारगरी भारतको जोगवनीनाकासम्म ल्याउने गरेको दाबी स्रोतले गरेको हो ।
भन्सार दरबन्दी अनुसार ९४०३.४०० बाट भन्सार पासहुने उक्त सामानमा सरकारको नियमअनुसार ३० प्रतिशत भन्सार राजस्व र १३ प्रतिशत भ्याट असुल हुने गरेको छ । व्यापारीले आयात गरेको सामानको बिलअनुसार निर्धारित मूल्यमा १० देखि २० प्रतिशत मूल्य वृद्धि कायम गरी भन्सार जाँचपास हने गरेको जानकारी विराटनगर भन्सारले दिएको थियो । तर जीएसटी प्रणाली लागू भएपछि बढी मुनाफा पनि खान नपाइने र भन्सार मूल्यांकनसमेत झन्झटिलो भएका कारण क्यारिङको साहराबाट महँगा र बिलासिताका सामान आयात हुनेक्रम पछिल्लो समय बढेर गएको रहस्य खुल्न पुगेको हो ।
साबिक विराटनगर ८ मा आफ्नो बिक्री कक्ष राखेका दुवै सञ्चालक गोयलले आर्थिक वर्ष ०७५/०७६ को पुस मसान्तमा बुझाएको छ महिनाको कारोबार विवरण हेर्दा आन्तरिक राजस्वको भ्याटमा समेत व्यापक ठगी भएको दाबी समाचार स्रोतहरुले गरेको हो । दुवै व्यापारिक फर्म भ्याट दर्ता भए पनि बिक्री कक्षबाट हुने सामान बिक्रीमा समेत भ्याट बिल सो नगरी लुज बिलका भरमा सामान बिक्री गर्दै आएको दाबी समाचारस्रोतले गरेको हो । दुवै फर्मका सञ्चालक रंगेली बजारका स्थायी बासिन्दा र नातामा दाजुभाइ रहेको कुरा जानकाहरुले बताएका छन् ।
गोयल पछिल्लो समय एकाएक व्यवसायमा हाबी हुन थालेपछि उनले गरेका राजस्व अनियमितताका घटनाहरु सार्वजनिक भएका हुन् । उनका सहोदर अर्का एक भाइ पनि अर्को फर्म दर्ता गरी पछिल्लो समय इलेक्ट्रिक व्यापारमै संलग्न रहेको कुरा जानकारहरुले बताएका छन् । बढी मुनाफा लिन सहज हुने र भ्याट बिल पनि जारी गर्नु नपर्ने भएपछि पछिल्लो समय दिन दुना र रात चौगुनाको व्यापारमा दुवै गोयल संलग्न हुन थालेपछि घटना सार्वजनिक भएका हुन् । इलेक्ट्रिक सामानसमेत क्यारिङमार्फत ल्याउन सहज भएकाले पनि पछिल्लो समय इलेक्ट्रिक व्यापारमा व्यापारीको आकर्षण बढेर गएको कुरा जानकार व्यवसायले बताएका छन् । – आर्थिक दैनिकबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्