Skip to content
LAXMI SUNRISE BANK

बैंक अफ काठमान्डूसहित २ कम्पनीका १ करोड २ लाख ७ हजार ३२४ कित्ता बोनस सेयर सुचिकृत, कसको कति ?

अर्थ सरोकार

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार मात्रै २ कम्पनीका १ करोड २ लाख ७ हजार ३२४ कित्ता बोनस सेयर सुचिकृत भएका छन् । बुधबारको कारोबारमा शेयर सुचिकृत हुनेमा बैंक अफ काठमान्डू, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था रहेका छन। 
बैंक अफ काठमान्डूको ९९ लाख २ हजार ०५४ कित्ता बोनस शेयर सुचिकृत भएका छन। बैंकको साधारणसभाले लगानीकर्तालाई गत आर्थिक बर्षको कमाइबाट १४ प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेको थियो। 
त्यस्तै नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको ३ लाख ५ हजार २७० कित्ता बोनस शेयर नेप्सेमा सुचिकृत भएका छन । बैंकको बार्षिक साधारण सभाले लगानीकर्तालाई गत आर्थिक बर्षको कमाइबाट २५ प्रतिशत बोनस सेयर प्रस्ताव पारित गरेको हो। 
नेप्सेमा सुचिकृत भएसंगै यी कम्पनीका बोनस शेयर भएका शेयरधनीहरुले शेयर कारोबार गर्न सक्ने छन।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK