काठमाडौं – चिलिमे जलविद्युत कम्पनीले २०% बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीले पुस १९ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको बोनस सेयर हितग्राही खातामै जम्मा गरिएको जनाएको छ ।
चिलिमेका अनुसार हालसम्म सेयर डिम्याट नगराएका सेयरधनीले डिम्याट गरेपछि मात्र बोनस सेयर पाउनेछन् । कम्पनीले पुस २७ गतेको वार्षिक साधारण सभाबाट पारित चुक्ता पुँजीको २०% बोनस सेयर दिने प्रस्ताव पारित गरेको थियो । सोही बोनस अहिले वितरण भएको हो । उक्त साधारण सभाबाट ५% नगद लाभांश पनि पारित भएको थियो ।