
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- करिव २९ करोड रुपैयाँ खर्च गरेर बनाइएको नेप्सेको अनलाइन कारोबार प्रणालीमा भएको घोटालाको छानविनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तेश्रो पटक उजुरी परेको छ । यस विषयमा छानबिनको माग गर्दै सोमबार केही लगानीकर्ताको समोहाले अख्तियारमा उजुरी दर्ता गराएको हो । सेयर लगानीकर्ताहरु कुमार सिटौला, माधव गौतम र ईश्वर गुरुंगले संयुक्त रुपमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक उजुरी दर्ता गराएका हुन् । उनीहरुको उजुरी २१४२९ नम्बरमा दर्ता छ ।
यसअघिका उजुरी के हुँदैछन् ?
यसअघि एक आर्थिक अनलाइनका सम्पादकले यहि विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरायेका थिए । सो उजुरीपछी अख्तियारले आवश्यक अनुसन्धानका लागि अर्थ मन्त्रालयमा परिपत्र गरेको थियो भने अर्थ मन्त्रालयले नेप्सेमा यस विषयमा खोजीनीति गरेको थियो । त्यस्तै दोश्रो पटक एक लगानीकर्ताले सोहि कुरालाई लिएर अख्तियारमा उजुरी गरेका थिए । उनको उजुरी उपर पनि अख्तियारले अघिल्लोपटककै प्रक्रिया अगाडी बढाएको थियो । तर यस विषयमा के कस्तो अनुसन्धान गरियो भन्ने तथ्य बाहिर आएको छैन । आज तेश्रो पटक उजुरी परेको छ ।
यो पनि पढ्नुहोस् :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्