
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- शेयर लगानीकर्ता दबाब समूहले पुन: आन्दोलनको घोषणा गरेको छ । सोमबार प्रेस बिज्ञप्ति जारी गदै पूँजी बजार सुधार तथा बिस्तारका लागि पटक पटक दिएको दबाब समेतलाई सरकार तथा नियमनकारी निकायले वेवास्ता गरेको भन्दै आन्दोलनको घोषण गरेको हो । यता दबाब समुहले बैशाख १ गतेदेखि पुँजी बजारमा प्यान अनिवार्य लगाउने आवश्यकता र औचित्य पुष्टि नभएको हुनाले अनिवार्यको सट्टा स्वीछिक हुनुपर्ने प्रस्ट पारेको छ । उक्त समूहले यसअघि धितोपत्र बोर्डमा पेश गरेको ३२ बुँदे मागसहित अन्य थप माग राखेर चैत्र ९ गतेदेखि चैत्र १६ गतेसम्म आन्दोलनको घोषणा गरेको छ ।
यस्ता छन दबाब समुहको आन्दोलनको कार्यक्रम
चैत्र ९ गते पूँजी बजार बिरोधी अर्थमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्री समक्ष आग्रह गर्ने
चैत्र १० गते, धितोपत्र बोर्डका अध्यक्ष र कार्यकारी निर्देशकको घर घेराउ
चैत्र ११ गते नेप्सेका अध्यक्ष र प्रमुख कार्यकारीको घर घेराउ
चैत्र १२ गते सिंहदरबार क्षेत्रमा कालो बेलुन उडाउने
चैत्र १३ गते, नेपाल धितोपत्र बोर्डमा तालाबन्दी गर्ने
चैत्र १४ गते लगानी सम्मेलनमा आउने विदेशी पाहुनाहरुलाई नेपालको पूँजी बजारबारे अवगत गराउन विवरण पत्र बुझाउने
चैत्र १५ गते लगानी सम्मेलनमा विदेशी पाहुनासँग छलफल गर्ने
चैत्र १६ गते प्रधानमन्त्री र अर्थमन्त्री जाने सार्वजनिक कार्यक्रममा विरोध प्रदर्शन गर्ने
यस्तो छ बिज्ञप्ति
शेयर लगानीकर्ता दबाब समूह
आन्दोलन घोषणा
२०७५।११।२७
पूँजी बजार सुधार र बिस्तारका साथै लगानीकर्ताहरुको लगानी सुरक्षाको सवाललाई लिएर यस समूहले मंसिर १० गतेदेखि १४ बुँदे मागसहित थालेको आमरण अनशनसम्मको पहिलो अभियानले आंशिक सफलता हासिल गरेको थियो । त्यसको उपलब्धि रक्षा गर्न र थप सुधार तथा बिस्तारका लागि दबाब दिन दोस्रो चरणमा हामीले ३२ बुँदे माग सरोकारवाला निकायहरुलाई पेश गरेको विदितै छ ।
हाम्रा ती मागहरु पुरा गरी पूँजी बजारमा नीति, पुर्वाधार र प्रबिधिको सुनिश्चितता गर्न हामीले पटक पटक दिएको दबाब समेतलाई सरकार तथा नियमनकारी निकायले वेवास्ता गरेको हुँदा हामीलाई सम्पतिको सुरक्षको संबैधानिक हकलाई आत्मसाथ गर्दै अब निर्णायक आन्दोलनमा उत्रिने निर्णय गरेका छौं ।
सरकारले गठन गरेको अध्ययन समितिले दिएको ५८ बुँदे सुझावका केही बुँदा कार्यान्वयन गरिए पनि अधिकांश बुँदाहरु कार्यान्वयनमा आलटाल गरिएकोमा हाम्रो गंभीर आपत्ति रहेको छ तशर्थ पूँजी बजार बिरोधी अर्थमन्त्रीलाई बर्खास्त गर्न हाम्रो प्रमुख माग रहेको छ । ती सबै बुँदाहरु तत्काल कार्यान्वयन गरी नेपाल सरकारको निर्णयअनुसार बैशाख १ गते देखि पुँजी बजारमा प्यान अनिवार्य लगाउने आवश्यकता र औचित्य पुष्टि नभएको हुनाले अनिवार्यको सट्टा स्वीछिक हुनुपर्ने हो । साथै शेयर बजारमा खरीद बिक्री गर्दा लिने क्यपिटल गेन ट्याक्स अन्तिम हो भन्ने प्रष्ट बनाइयोस साथै हाम्रा ३२ बुँदे माग विदितै छन् ।
हाम्रा यी मागहरु पुरा गर्नमा चासो दिनुको सट्टा नियमनकारी निकाय धितोपत्र बोर्डका अध्यक्ष आफै लगानीकर्ता बिरुद्ध षडयन्त्रमा लागेकाले अब आन्दोलनमा जानुको विकल्प नरहेको हाम्रो निष्कर्ष हो ।
तसर्थः हाम्रो माग पुरा गराउन चैत्र ९ गतेदेखि चैत्र १६ गतेसम्मका लागि देहाय बमोजिमका आन्दोलनको कार्यक्रम घोषणा गर्दछौ ः
चैत्र ९ गते पूँजी बजार बिरोधी अर्थमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्री समक्ष आग्रह गर्ने
चैत्र १० गते, धितोपत्र बोर्डका अध्यक्ष र कार्यकारी निर्देशकको घर घेराउ
चैत्र ११ गते नेप्सेका अध्यक्ष र प्रमुख कार्यकारीको घर घेराउ
चैत्र १२ गते सिंहदरबार क्षेत्रमा कालो बेलुन उडाउने
चैत्र १३ गते, नेपाल धितोपत्र बोर्डमा तालाबन्दी गर्ने
चैत्र १४ गते लगानी सम्मेलनमा आउने विदेशी पाहुनाहरुलाई नेपालको पूँजी बजारबारे अवगत गराउन विवरण पत्र बुझाउने
चैत्र १५ गते लगानी सम्मेलनमा विदेशी पाहुनासँग छलफल गर्ने
चैत्र १६ गते प्रधानमन्त्री र अर्थमन्त्री जाने सार्वजनिक कार्यक्रममा विरोध प्रदर्शन गर्ने
यी कार्यक्रमहरुमा सहभागिता जनाउने हुनाले सबै लगानीकर्ता साथीहरुलाई सक्रियतापूर्वक ब्यवस्थापनमा लागि दिनुहुन, अन्य लगानीकर्ता संघसंस्थाहरुलाई सहकार्य गर्न, शेयर दलाल र पूँजी बजारसम्बद्ध निकायहरुलाई ऐक्यबद्धता जनाई दिन र संचार संस्थाहरुलाई सकारात्मक संदेश प्रबाहमा सघाई दिनका लागि आग्रह गर्दछौ ।
हरि ढकाल नयन बास्तोला
अध्यक्ष महासचिव
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्