काठमाडौं – ग्लोबल आइएमई बैंकको सर्वसाधारणका लागि खुला गरेको ५ लाख ९७ हजार इकाई ऋणपत्र भर्ने बिहीबार अन्तिम दिन रहेको छ । बैंकले फागुन १५ देखि १९ गतेसम्म ऋणपत्र निष्कासन गर्दा माग अनुसार आवेदन नपरेपछि बिहीबार (चैत १४ गते) सम्म समय थप गरेको हो ।
बैंकले ‘१०.२५% ग्लोबल आइएमई बैंक डिबेन्चर २०८०/८१’ नाममा ऋणपत्र जारी गरेको हो । यसमा वार्षिक १०.२५% ब्याज पाइनेछ । यो ऋणपत्र ५ वर्षपछि परिपक्क हुनेछ । लगानीकर्ताले प्रतिइकाई १ हजार रुपैयाँका दरले न्यूनतम २५ देखि ७५ हजार इकाईसम्म आवेदन दिन सक्नेछन् । सी-आस्वाको माध्यमबाट आवेदन दिनुपर्नेछ ।
बैंकले कुल १५ लाख इकाईमध्ये ३० हजार इकाई म्युचुअल फन्डलाई छुट्याएको थियो । म्युचुअल फन्डले नकिनेको २७ हजार इकाई पनि थप गरी सर्वसाधारणलाई कुल ५ लाख ९७ हजार इकाई बिक्रीमा ल्याइएको हो । कुल जारीमध्ये ९ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य कम्पनीहरुलाई बिक्री गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्