
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- कम्पनीले सूचीकृत कम्पनीहरुको विवरण बनाउँदा ‘हाइड्रो’ शब्द आउने बित्तिकै जलविद्युत लगानी तथा बिकास कम्पनि लिमिटेड (एचआइडीसीएल) लाइ हाइड्रो पावर कम्पनी अन्तर्गत राखेर जनतालाई नै कन्फ्युज्ड बनाउने काम गरेको ग्लोबल आइएमइ क्यापिटल र एचआइडीसीएललाई हाइड्रो कम्पनी हो भनेर जिद्दी गरेर पछि फेरी होइन रहेछ भनेर सच्याउने सीइओ पारश मणि ढकालको उपस्थितिमा प्रधानमन्त्री केपी शर्मा वलीले डीम्याट खाता खोलेका छन् ।
‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रम अन्तरगत छनौट भएका १९ आयोजनामध्ये सर्वसाधारणका लागि सेयर निश्कासन गर्ने पहिलो कम्पनीको सेयर किन्ने तयारी अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ग्लोबल आइएमइ क्यापिटलमा खाता खोलेका हुन् । उनले नेपाल डिपी लिमीटेडमासमेत डीम्याट खाता खोलेका छन् । नियम अनुसार २ वटासम्म डीम्याट खाता खोल्न पाइन्छ । छुट्टा छुट्टै डिम्याट खाता खोलेका हुन् ।
ग्लोबल आइएमई क्यापिटल लिमीटेड प्रधानमन्त्रीले सेयर किन्ने भनिएको त्रिशुली जलविद्युत कम्पनी लिमीटेडले चैत ७ गतेदेखि निश्कासन गर्न लागेको आइपीओको सेयर निश्कासन तथा बिक्री प्रबन्धक समेत हो । यता प्रधानमन्त्रीले यो कम्पनीको कति कित्ता सेयर किन्छन् भन्ने विषय भने अझै खुलिसकेको छैन । तर कम्पनीले आफ्नो ब्राण्ड बढाउन ठुलो रस्साकस्सी गरेर चन्द्र ढकालको पावर लगाएर प्रधानमन्त्रीको डीम्याट खाता खोलेको हो । यसअघि अर्थ सरोकार डटकमले ग्लोबल आइएमइ क्यापिटलले एचआइडीसीएललाई हाइड्रो कम्पनी भनी उल्लेख गरेको भन्दै समाचार प्रकाशन गरेपछि उक्त तथ्य कम्पनीले सच्याएको थियो ।
यो पनि पढ्नुहोस् :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्