काठमाडौँ – साताको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रति तोला ६१ हजार ५ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज ५ सयले घटेर प्रति तोला ६१ हजार मूल्य कारोबार भइरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रति तोला ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५२ हजार ३ सय तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ४३ रुपैयाँ कायम गरेको छ ।