- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको तेश्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । सोमबार प्रति तोला ६० हजार ६ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले घटेर प्रति तोला ६० हजार ५ सय मुल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य स्थिर रहेर प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५१ हजार ८० सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ३४ रुपैयाँ ५ पैसा कायम गरेको छ ।