- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रति तोला ६० हजार मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले घटेर प्रति तोला ५९ हजार ८ सय मुल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५१ हजार २ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय २६ रुपैयाँ कायम गरेको छ ।