×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

HR Watch : हाथवे फाइनान्समा यो हदसम्म चलेखेल : काम बिगारेर हिंडेकालाई बोलाइ-बोलाइ ‘सिनियर मेनेजर’ !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

HR Watch : हाथवे फाइनान्समा यो हदसम्म चलेखेल : काम बिगारेर हिंडेकालाई बोलाइ-बोलाइ ‘सिनियर मेनेजर’ !

Artha Sarokar

७ चैत्र २०७५, बिहीबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

धरान
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – ग्लोबल आइएमइ बैंकसँग एक्वीजिसनमा जाने थाहा पाएर हाथवे फाइनान्सको ‘एचआर’मा चरम चलखेल भएको पाइएको छ । विशेषगरी सीइओका केहि आफ्ना मान्छेलाई ग्लोबल आइएमइ बैंकमा छिराउनकै लागि चलखेल गरेर कर्मचारी नियुक्ति गरिएको भन्दै बैंकको उपल्लो तहका कर्मचारीले न्यायका लागि विभिन्न निकाय गुहार्न खोजेपछि यस्तो रहस्य बाहिर आएको हो ।
कर्ण बहादुर शाहीको नियुक्तिलाई लिएर कम्पनीभित्र तिब्र बिबाद !
यसैबीच कम्पनीमा कुनैबेला नियम विपरित रकम बुझेर कम्पनीबाट राजीनामा दिएका कर्ण बहादुर शाहीको नियुक्तिलाई लिएर कम्पनीभित्र तिब्र बिबाद उत्पन्न भएको छ । तत्कालीन आरुण फाइनान्स लिमिटेडमा संस्थाको २०७२-०७३ को नाफाबाट छुट्याइएको कर्मचारी बोनश रकम पछी बाँकी रहेको रकम सञ्चालक समितिबाट अनुमोदन नगराई मिति २०७३ फाल्गुन १५ गते बसेको कर्मचारी कल्याणकारी कोष समितिले निर्णय गरी कल्याण कोषको रुपमा उपभोग गरेको भन्दै उनी लगायतलाई २०७५ असार मसान्तसम्ममा रकम फिर्ता गर्न भन्दै संस्थाको बोर्ड बैठकले सीइओका नाममा पत्र लेखेको थियो । 
यसरी नियम विपरित रकम लिनेमा उनी, उनकी श्रीमती लगायत ६ जना थिए । उनले यहि रकम पचाउनका लागि मिति २०७४ -०७-१६ गते नै राजीनामा दिएको चर्चा त्यतिबेला नै चलेको थियो । उनको राजीनामा मिति २०७४/ ०९/२८ गते स्वीकृत भएको थियो । त्यसपछि उनी ट्राभल कम्पनी चलाएर बसेका थिए । तर कम्पनी ग्लोबल आइएमइ बैंकले प्राप्ति गर्ने अनुमान भएसँगै उनलाई नियुक्ति गर्न हतार हतार प्रक्रिया अगाडी बढाइएको कर्मचारीको गुनासो छ । त्यसपछि उनलाई हतार हतार गरेर ३ तह बढाएर अहिले सिनियर मेनेजर बनाइएको छ भने सूचना अधिकारीको जिम्मासमेत दिइएको छ । अहिले सिनियर मेनेजरमा ल्याउँदा ग्लोबल आइएमइ बैंकले प्राप्ति गरेपछि हुने स्टाफ एडजस्टमेन्टमा उनी एएमभन्दा नघट्ने योजनामा उनलाई यसरी सिधै सिनियर मेनेजर दिइएको भन्दै त्यहाँका कर्मचारीहरु आक्रोशित मात्र छैनन्, बरु उनको कार्यशैलीप्रति असन्तुष्ट पनि छन् । अझ उनकी श्रीमती पनि सोहि संस्थामा कार्यरत हुनाले केहिले आफुलाई तल महसुश हुने गरीको व्यवहार र काम उनीबाट हुने गरेको गुनासोसमेत गरेका छन् ।
के भन्छन् कर्ण बहादुर शाही ?
यस विषयमा बुझ्न हामीले कर्ण बहादुर शाहीलाई फोन गरेका थियौं । ‘तपाईं काम बिगारेर हिंडेको मान्छे, त्यो पनि ट्राभल कम्पनीमा काम गरेको मान्छे, सिधै कसरी सिनियर मेनेजर बन्नु भयो ?’ भन्ने अर्थ सरोकार डटकमको प्रश्नमा उनले आफुलाई अध्यक्ष र सीइओले ल्याएको बताए । ‘मलाई त अध्यक्षज्यू र सीइओ सरले आउनुपर्यो भनेर बोलाउनु भएको हो । त्यहि भएर आएको हो ।’ उनले भने । ‘अनि सिधै सिनियर मेनेजर कसरी बन्नु भयो ? अनुभव पनि खास होइन, ग्लोबल आइएमइ बैंकमा एएम भएपनि फरक पर्दैन भनेर चलखेल गर्नु भएको भन्ने सुनियो नि !’ भन्ने हाम्रो प्रश्नमा उनले पुन: दोहोर्याए, ‘त्यस्तो त केहि होइन । मलाई त अध्यक्ष र सीइओले बोलाएकाले आएको हो ।’
अध्यक्ष र सीइओ के भन्छन् ?
यस विषयमा बुझ्न हामीले हाथवे फाइनान्सका अध्यक्ष अम्बिका प्रसाद पौडेललाई फोन गरेका थियौँ । उनले आफु पारिवारिक कार्यक्रममा भएको बताएपछि हामीले कम्पनीका सीइओ सुवाष पौडेललाई फोन गरेका थियौं । हाम्रो जिज्ञासामा सीइओ पौडेलले आफ्नो फाइलमा कर्ण बहादुर शाहीको ट्रयाक नराम्रो नरहेको दावी गरे । ‘त्यो लिक्वीडिटि क्राइसिस भएको बेला अलिकति केस भएको हो । उहाँले गलत काम गर्नुभएको छैन । मान्छे राख्नुपर्यो भनेर भ्याकेन्सी गर्दा पनि कोहि नआएपछि हामीले उहाँलाई बोलाएको हो ।’ उनले भने । अनि ट्राभल कम्पनी चलाईरहेको मान्छेलाई ३ तह माथिचाहिं किन ल्याएको ? भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘ट्राभल कम्पनीमात्र होइन उहाँले इन्भेष्टमेन्ट कम्पनी पनि पार्टनरशिपमा चलाउनु भएको थियो । त्यहाँ उहाँ जे हुनुहुन्थ्यो, त्यहि अनुसार ल्याएको हो ।’ उनले भने ।
राष्ट्र बैंकमा सीइओलाई समेत मुछेर उजुरी गर्ने तयारी !
यता कम्पनीका उपल्लो तहका कर्मचारीहरुले भने सीइओलाई समेत मुछेर चलखेलपूर्ण तरिकाले शाहीलाई नियुक्ति दिइएको भन्दै यस विषयमा छानविन गर्न राष्ट्र बैंक गुहार्ने तयारी गरेका छन् । ‘राष्ट्र बैंक नियामक भएकाले त्यहाँ अनौपचारिक रुपमा जानकारी गराउँछौँ । त्यहाँबाट सुनुवाई भएन भने शाही र सीइओ विरुद्ध अख्तियार गुहार्छौं । यहाँ पक्कै पनि केहि न केहि प्रभावको खेल भएको छ । मिडियाले पनि यस विषयमा हामीलाई सहयोग गर्नुपर्यो ।’ कम्पनीका एक उपल्लो तहका कर्मचारीले अर्थ सरोकार डटकमसँग भने ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी