काठमाडौं – हिमालयन बैंक लिमिटेडले ३० लाख युनिट ऋणपत्र जारी गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो । बैंकले ‘हिमालयन बैंक लिमिटेड बन्ड २०८३’ नामक ७ वर्ष अवधिको ऋणपत्रको ब्याजदर १०% मा जारी गर्ने भएको छ।
निष्काशन हुने कुल मध्ये १ अर्ब २० करोड बराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६०% ठूला तथा संस्थागत लगानीकर्तालाई बिक्री गरिने छ। व्याज भुक्तानी अर्थवार्षिक रुपमा हुने बैंकले जानकारी दिएको छ ।उक्त ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई तोकिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्