
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को लेखापरीक्षण प्रतिवेदनमा लेखापरिक्षकले ठेगाना नै गलत लेखेको प्रसङ्ग सेलाउन नपाउंदै आइक्यानले एनएफआरएस लागु गर्ने कुरामा पनि कतिपय ठाउँमा चुकेको देखिएको छ । अरुका लागि मोडल रिपोर्ट हुनुपर्ने ठाउँमा एनएफआरएसको सीधा कार्वनयन नगरेको पाइएको छ । आइक्यानको लेखा हेरेर एनएफआरएस लागु गरिएको उदाहरणको रुपमा प्रस्तुत हुनुपर्नेमा आइक्यानकै बिजोगले अरु कम्पनीले एनएफआरएसको केसमा गल्ती गरे भने आइक्यानले कुन नैतिकताले आफ्नो धारणा दिन्छ भन्ने पनि कुरा पनि महत्वपूर्ण हुने देखिएको छ ।
नलेखौं इन्कम स्टेटमेन्ट !
एनएफआरएसले इन्कम स्टेटमेन्ट भन्ने नाम परिवर्तन गरी ‘स्टेटमेन्ट अफ प्रफिट अर लस’ हुनुपर्ने उल्लेख गरेको छ । आइक्यानले पनि आफ्नो लेखा यहि अनुसार प्रस्तुत गर्नुपर्थ्यो । यद्यपी एनएएस १ ले नाम सोहि राख्न मिल्ने भन्ने व्याख्या गर्न मिल्ने गरी घुमाउरो पारामा ‘क्लज’ त राखेको छ, तर पनि आइक्यान रेगुलेटर नै भएको हिसावले पनि सीधा मोडल अनुसार इन्कम स्टेटमेन्ट भन्ने कुरालाई परिवर्तन गर्नुपर्ने राय अधिकांस सिएहरुले राखेका छन् । तर यो लेखा उपर सहि गरेकाहरुदेखि लेखापरिक्षकसम्मले यो विषयलाई खास ध्यान दिएको पाईदैन । नियामकले नै यसरी यो कुरालाई गम्भीर रुपमा नलिंदा अरु थप अन्यौलमा पर्ने देखिन्छ । आइएफआरएसमा पनि सोहि कुरा उल्लेख गरिएको छ ।
लेखापरिक्षकको ‘अपिनियन’ नै गलत
लेखापरिक्षक क्षेत्र गोपाल प्रधानले आफ्नो अपिनियनमा लेखा एनएफआरएस अन्तर्गत राखिएको उल्लेख गरेका छन् । जवकी एनएफआरएसले स्पष्टसँग पूर्ण रुपमा एनएफआरएस ‘कम्प्लाई’ नगरी एनएफआरएस अनुसार भएको उल्लेख गर्न नमिल्ने स्पष्ट उल्लेख गरेको छ । आइक्यानका कतिपय लेखा राख्ने तरिका एनएफआरएस अन्तरगत छैनन् । तर लेखापरिक्षकले आफ्नो अपिनियनमा एनएफआरएस अनुसार सबै लेखा राखिएको लेखेका छन् । जसले गर्दा आइक्यानको लेखापरीक्षण पनि हतास मनस्थितिमा गरिएको स्पष्ट देखिन्छ भने आइक्यानले पनि अरुलाई पाठ पढाउने तर आफ्नै लेखा ठिकसँग नराखेको देखिन्छ । यसले भन्नेलाई मौका मिलेको छ, ‘आइक्यान कै त गल्ती हुन्छ हाम्रो देशमा अरुको केसमा एनएफआरएसको फुर्ति के लगाउनु ?’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्