
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- बुधबार विहान इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडमा अथिति र पत्रकारको रौनक बेग्लै थियो । सबैले प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकको उद्घाटन गरेको हेर्न प्रतीक्षा गरिरहेका थिए । तर नियमित स्वास्थ्य परिक्षणका लागि अस्पताल जानुपर्ने भएपछि उनी उक्त कार्यक्रममा नआउने जानकारी आयो । यसो त अघिल्लो दिन नै बैंकका उपल्लो तहका व्यक्तिहरुलाई प्रधानमन्त्री ओली नआउन सक्ने संकेत दिइएको थियो । बुधबार एकाविहानै सो जानकारी दिइएको थियो ।
सबै जना हतार हतारमा थिए । उद्घाटन गरिने शिलालेखमासमेत प्रधानमन्त्रीको नाम थियो । त्यसलाई कागजमा अर्थमन्त्रीको नाम लेखेर छोपियो तर मुख्य ब्यानर भने फेरिएन । यस विषयमा बैंकका एक अधिकारीसँग अर्थ सरोकार डटकमले प्रश्न राख्दा, उनले भने, ‘फ्लेक्स फेर्न समेत भ्याईएन..’
नेपाल सरकार सहित केही प्रतिष्ठित वाणिज्य बैंकहरु, बीमा कम्पनीहरु, लघुवित्त, नीजि कम्पनीहरु तथा प्रतिष्ठित व्यवसायीहरुको संयुक्त लगानी रहेको यो बैंकको समुद्घाटन समारोहमा प्रमुख अतिथि अर्थमन्त्री युवराज खतिवडालाई बनाइएको थियो भने कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरु, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यलय लगायत अन्य नियमनकारी निकायहरुका उच्च पदस्थ अधिकारीहरु, अन्तर्राष्ट्रिय निकायका प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिज्यूहरु,संस्थापक शेयरधनी महानुभावहरु, बैंक संचालक समितिका सदस्यहरु,लगायतको उपस्थिति थियो । रु. ४० अर्व अधिकृत पूँजी र रु.२० अर्व जारी पूँजी रहेको यस बैंकमा नेपाल सरकारको १०%, पव्लिक लिमिटेड कम्पनीहरुको करिब ४०%, निजी लगानीकर्ताहरुको करिब १०% र बाँकी ४०% शेयर सर्वसाधारणलाई छुट्याईएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्