×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३ डेपुटी सीइओले एकैपटक छोड्ने भए जनता बैंक, अरु कस-कसले छोडे ? को-को छोड्दैछन् ? (नामावलीसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

३ डेपुटी सीइओले एकैपटक छोड्ने भए जनता बैंक, अरु कस-कसले छोडे ? को-को छोड्दैछन् ? (नामावलीसहित)

Artha Sarokar

३० फाल्गुन २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- बोर्ड, र सीइओको कार्यशैलीमा असन्तुष्टि हुँदै जनता बैंकमा सेकेन्ड लेयरका अधिकांसले एकैपटक जागिर छोड्ने भएका छन् । बैंक स्रोतले अर्थ सरोकार डटकमलाई दिएको जानकारी अनुसार बैंकको डेपुटी सीईओ त्रय पृथ्वी श्रेष्ठ, सागरकुमार घिमिरे र अजय मिश्रले बैंक छोड्ने भएका छन् । यता बैंकमा कार्यरत चिफ अपरेटिङ अफिसर प्रमोद बोहरा र चिफ अफ रिजन काठमाडौं कल्याण पाण्डे पनि बैंकबाट बिदा हुने भएका छन् । बैंकमा उपल्लो तहका कर्मचारीको विषयलाई लिएर तीब्र बिबाद भएपछि उनीहरुले बैंक छोडेका हुन्। 
राम्रा कर्मचारीले भकाभक जागिर छोड्दै !
यसअघि बैंकमा काम गर्ने वातावरण नभएको भन्दै आएको केहि महिनामै चिफ फाइनान्स अफिसरका रुपमा रहेका धिरज राज सुवेदी पनि बैंकबाट बिदा भएका थिए । त्यसअघि जनता बैंकमा अनिल रेग्मीले सीएफओ पद छोडेका थिए । धिरज राज सुवेदीले बैंक छोडेपछि बैंकले अर्को सीएफओ खोजेको थियो । तर जनता बैंकमा काम गर्न राम्रा मान्छेले नचाहेपछि बैंकभित्रकै व्यक्तिलाई सीएफओको जिम्मेवारी दिइएको थियो । यसअघि बैंकमा एचआर प्रमुख रहेकी रीतु न्याछोन र एजिएम तहमा रहेका पवन ढकालले बैंक छोडेर अन्त बैंक नगई बसेका छन् । उनीहरु त अरु बैंकमासमेत गएका छैनन् । यसको अर्थ बैंकभित्र कर्मचारीको मनोविज्ञान कस्तो छ भन्ने अनुमान लगाउन सकिन्छ । यसो त तल्लो तहका कर्मचारीहरु हेर्ने हो भने बिगत ६ महिनामा बैंकको स्टाफ टर्नओभर निकै बढी देखिन्छ । काम गर्ने वातावरण नभएपछि तलव कै माया मारेर पनि बैंक छोड्नेहरु धेरै छन् । आफ्नो बैंकमा कर्मचारी बस्दै नबस्ने गर्न थालेपछि बैंकले कडाइका साथ एक बर्षभित्र बैंक छोड्नेहरुको ३ महिनाको तलव नियम विपरित खाइदिने गरेको छ ।     
बैंकबाट राम्रा कर्मचारीले जागिर छोड्नुको कारण के हो ?
बैंकसँग अन्य वित्तीय संस्था मर्ज भएपछिको कर्मचारी व्यवस्थापनको विषयलाई लिएर बैंकभित्र विभिन्न लफडा थियो । यहि लफडा बैंक नेतृत्वले मिलाउन नसक्दा र कर्मचारीलाई अत्याधिक पेल्दा यस्तो समय आएको अधिकांसको भनाइ छ । प्रमोसन लिन आफ्नो मान्छे हुनुपर्ने, नेतृत्वले असाधारण टार्गेट दिने, बोर्डले अनुचित प्रेसर दिने, तलव १० दिन ढिलो आउने, बैंक छोड्दा ठुलो रकम काटिने लगायतका समस्या भएपछी जनता बैंकमा भविष्य नदेख्नेहरुले बैंक छोडेको बैंक छाडेका र छोड्न लागेका कर्मचारीहरुको भनाइ छ । यद्यपी बैंकले भने बैंकलाई भार नहोस् भनेर डेपुटी सीइओहरुले बैंक छोड्न लागेको बताएको छ । बैंकले त्यसो भनेपनि भित्री रुपमा बैंकमा छोडेका कर्मचारीहरुको पद पूर्तिका लागि तयारी भइसकेको बुझिएको छ । 
यो पनि पढ्नुहोस् :
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी