
काठमाडौँ- बोर्ड, र सीइओको कार्यशैलीमा असन्तुष्ट हुँदै जनता बैंकमा सेकेन्ड लेयरका अधिकांसले एकैपटक जागिर छोड्न लागेको खबर यो साता चर्चामा रह्यो । अझ बैंकले कर्मचारीहरुको तलवमाथि अन्याय गरेको, बैंकमा काम गर्ने वातावरण नभएको लगायतका कारण देखाउँदै बैंकका डेपुटी सीईओहरुले छोड़न लागेको चर्चा पनि भयो । यता बैंकले उपदानका नाममा आफु अनुसारको नाम नगर्ने डेपुटी सीइओहरुलाई निकाल्न खोजेको भन्ने चर्चासमेत भयो ।
यतिसम्मकि बैंकमा प्रमोसन लिन आफ्नो मान्छे हुनुपर्ने, नेतृत्वले असाधारण टार्गेट दिने, बोर्डले अनुचित प्रेसर दिने, तलव १० दिन ढिलो आउने, बैंक छोड्दा ठुलो रकम काटिने लगायतका समस्या भएपछी जनता बैंकमा भविष्य नदेख्नेहरुले बैंक छोडेको बैंक छाडेका र छोड्न लागेका चर्चा पनि भयो । आखिर जनता बैंकलाई डेपुटी सीइओहरु निकाल्नु नै पर्ने के आपत आइलाग्यो त ? हामीले जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवरलाई सोधेका छौं ।
स्मरण रहोस् अहिले बैंकले आफ्ना कर्मचारीहरुको तलवमाथि अन्याय गरेको भन्दै नेपाल राष्ट्र बैंक, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा समेत उजुरी परेको छ । हेर्नुहोस् भिडियो रिपोर्ट :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्