×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्दै, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्दै, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल !

१५ चैत्र २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त भएको छ । बैंकले बिहीबार एक कार्यक्रमबीच “१०.२५% माछापुच्छ्रे डिवेञ्चर-२०८५”नामक ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न उक्त क्यापिटललाई नियुक्त गरेको हो ।
उक्त नियुक्त गर्ने सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा एनएमबि क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार एनएमबि क्यापिटलले माछापुच्छ्रे बैंकको ३ अर्ब ऋणपत्र निष्काशनका लागि सम्पुर्ण कामहरु सम्पन्न गर्ने छ ।
बैंकले प्रति ऋणपत्र अंकित मूल्य १ हजार रुपैयाँ दरका ३० लाख कित्ताको सो मात्राको ऋणपत्र निष्काशन गर्न लागेको हो । सो मध्ये १८ लाख कित्ता ऋणपत्र परिपत्र विधि(प्राइभेट प्लेसमेन्ट) बाट र १२ लाख कित्ता ऋणपत्र सार्वजनिक निष्काशन प्रक्रियाबाट बिक्री गरीने बैंकले जनाएको छ ।
वार्षिक १०.२५ प्रतिशत दरको आकर्षक ब्याजदर रहेकोे उक्त ऋणपत्रको अवधि १० बर्ष रहने छ । कम्पनीका अनुसार बैंक तथा वित्तिय संस्थाहरुबाट ऋणपत्र धितो राखी आवश्यक पर्दा क्रण लिन सकिनेका साथै अर्ध बार्षिक रुपमा (६र६ महिनामा) ब्याजको भुक्तानी गरीने छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी