Skip to content
LAXMI SUNRISE BANK

माउन्टेन हाइड्रोको आइपीओ आइतबार बाँडफाटँ हुने, नतिजा अर्थ सरोकार डटकममा

अर्थ सरोकार

काठमाडौं – माउन्टेन हाइड्रोको १८ लाख १६ हजार ११० कित्ता आइपीओ आइतबार (चैत ३ गते) बाँडफाटँ हुने भएको छ । प्राप्त जानकारी अनुसार उक्त आइपिओ बाँडफाटँ आइतबार बिहान १० बजे सिद्धाथको केन्द्रीय कार्यालय नक्सालमा हुने भएको छ ।

माउन्टेनले फागुन २३ देखि २८ गतेसम्म १०० रुपैयाँ दरको १८ लाख १६ हजार ११० कित्ता आइपीओ बिक्री गरेको हो । यसमा ३४ लाख २३ हजार ४१० कित्ताको लागि आवेदन परेको छ । ५० हजार ६७२ जनाले सेयर भरेका छन् । आइपीओ बिक्री गरेपछि माउन्टेनको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK