
- सिए सरोकार सम्बाददाता
काठमाडौँ – ‘काले-काले मिलेर खाउँ भाले’ भनेजस्तै आफ्नै साथीभाइ, वा जसले घुस दिन्छ त्यसलाई नै काम पार्ने गरी क्राइटेरिया बनाइ विभिन्न बोलपत्रमा घोटाला हुने गरेको तथ्य बेला बेलामा बाहिर आइरहेका बेला पछिल्लो समय लेखा व्यवसाय सम्बन्धि विभिन्न काममा पनि यसरी नीतिगत रुपमै आफ्नालाई मात्र मिल्ने क्राइटेरिया बनाएर काम दिने गरेको तथ्य बाहिर आउन थालेको छ । यस्तै किसिमको काम नेपाल एयरलाइन्सले पछिल्लो पटक गरेको बोलपत्र आह्वानमा समेत देखिएको छ । एक सिए फर्मलाई नै काम दिन मिल्नेगरी क्राइटेरिया बनाएर एनएसीले नीतिगत भ्रष्टचार गर्न खोजेको संकेत देखिएको छ ।
‘अस्वाभाविक क्राईटेरिया’ !
डीडीएका लागि कुनै पनि फर्मले ४ अर्व भन्दा बढी टर्नओभर भएको २ कम्पनीको डिडिए गरेको हुनुपर्ने उल्लेख छ । यो बुँदाबाट नै धेरै सिए फर्म बाहिरिन्छन् । किनकि यसरी ४ अर्व भन्दा बढी टर्नओभर भएका २ कम्पनीको डीडीए गरेका सिए फर्महरु नेपालमा केहि मात्र छन् । बैंकको हकमा इन्ट्रेष्ट इन्कम भनेको टर्न ओभर हो । त्यसैले यो गाह्रो क्राइटेरिया हो । त्यसमा पनि थप अर्को ४ मिलियन भन्दा बढी कारोबार भएको एउटा पब्लिक कम्पनीको डिडिए गरेको हुनुपर्ने उल्लेख गरिएको छ । १५ बर्ष पूरानो अनुभव भएको सिए फर्मले मात्र बोलपत्र आह्वान गर्न पाउने उक्त कामका लागि १२ बर्षको अनुभव भएको टिम लिडर चाहिन्छ भनिएको छ । फर्म १५ बर्ष पूरानो चाहिने र टिम लिडर १२ बर्षको अनुभव भएको भए हुने भन्ने क्राइटेरियाबाट पनि कतै न कतै यो आह्वानमै मिलेमतो छ भन्ने बुझ्न गाह्रो छैन । धरैले यो क्राइटेरियालाई ‘वाहियात’ भनेका छन् । अन्य टिम पनि काम दिन चाहेको सिए फर्ममा कस्ता मान्छे छन्, त्यहि हेरेर टिओआर बनाइएको झल्को दिने खालको छ ।


यो काम कुन सिए फर्मलाइ दिन खोजिएको हो र यसमा कसरी नीतिगत भ्रष्टाचार भएको छ भन्ने तथ्य हामी आगामी अंकमा प्रस्तुत गर्दैछौं ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्