काठमाडौँ – नेपाल राष्ट्र बैंकले १३ अर्ब ७९ करोड ११ लाख २५ हजार रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रिय बैंकले यसअघि विक्री भइसकेको ट्रेजरी बिललाई नविकरण गर्नका लागि बोलकबोलमा राखेको हो । केन्द्रिय बैंकका अनुसार ९१ दिन अवधिको ८ अर्ब २३ करोड, १ सय ८२ दिन अवधिको २ अर्ब र ३ सय ६४ दिन अवधिको ३ अर्ब ५६ करोड ११ लाख २५ हजार रुपैयाँ बारबरको ट्रेजरीबिल नविकरण गर्न लागेको हो ।
केन्द्रिय बैंकले जारी गरेको सूचना अनुसार ९१ दिन अवधिको बिल २०७६ असार ३ गते परिपक्व हुने छ । १ सय ८२ दिन अवधिको ट्रेजरी बिल २०७६ भदौ ३१ गते परिपक्व हुने छ भने ३ सय ६४ दिन अवधिको २०७६ चैत ४ गते परिपक्व हुने छ ।
राष्ट्र बैंकले सोमबार दिउसो ३ बजेसम्म बोलकबोलमा राखेको ट्रेजरी बिल मंगलबारदेखि जारी हुने समेत जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्