
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- १६ वर्षीया किशोरी बलात्कार गरेकाे आरोपमा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दर कुमार श्रेष्ठसहित पक्राउ परेका एनआइसी एशिया बैंकका ब्राञ्च म्यानेजर सुवास सुवेदीलाई बैंकले केस चलुन्जेलसम्मका लागि सस्पेन्ड गरेको छ । बैंकको गण्डकी प्रदेश क्षेत्रीय प्रमुख दिपेन्द्र शर्माका अनुसार उनी पक्राउ परेसँगै उनलाई बैंकले सस्पेन्ड गरेको हो । सुवेदी अहिले कास्की प्रहरी हिरासतमा छन् ।
झ्यालबाट नै गएर यौन कार्य गरेर फर्कने गरेको बयान किशोरीको छ । बैंकका शाखा प्रमुख सुवेदीले भने बलात्कार नै नगरेको तर संवेदनशील अंग चलाउने, यौन दुव्र्यवहार गर्ने गरेको आरोप किशोरीको छ । पोखरा फुलबारी बस्ने ब्राञ्च मेनेजर सुवेदी हालै बैंकको पस्र्याङ शाखामा प्रमुखका रुपमा नियुक्त भएका थिए । यसअघि उनी गण्डकी बिकास बैंकमा आवद्ध थिए ।
यता एनआइसी एशिया बैंकले उनको आरोप पुष्टी नभए काममा फर्काउने बताएको छ । ‘उहाँलाई आरोपमात्र लागेको हो, पुष्टी भएको होइन । पुष्टि भए बैंकमा राख्ने कुरा हुँदैन । तर पुष्टी नभए उहाँ बैंक फर्कनुहुन्छ ।’ बैंकको गण्डकी प्रदेश क्षेत्रीय प्रमुख शर्माले अर्थ सरोकार डटकमसँग भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्