×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंक र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूटबीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

एनएमबि बैंक र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूटबीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता

Artha Sarokar

१२ चैत्र २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एनएमबि बैंक र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूटबीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढंगले विस्तार गर्ने सहमति भएको छ ।
उक्त सहमति पत्रमा एनएमबि बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी र एनबीआईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्जीव सुब्बाले हस्ताक्षर गरे ।
यस सम्झैता पत्र अनुसार एनबीआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एपको संरचना र सुविधाहरुबारे एनएमबि बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराईनेछ । बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई एनबीआई मोबाईल एपबारे ज्ञान दिलाई आ–आफ्नो ग्राहक माझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नको लागि प्रेरित गर्नेछ ।
साथै बैंकले एनबीआई एप मार्फत समाजका विभिन्न वर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवार, शिक्षक तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरता बारे जानकारी गराउनेछ । यदि आवश्यक भएमा एनबीआईले वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रमका लागि बैंकलाई विशेष छुटका साथ आवश्यक सामाग्रीहरुको व्यवस्थापन गरिदिनेछ ।
यसरी दुई संस्थाहरु एउटै उद्देश्यको लागि साझेदारी गरि अघि बढ्नाले बचत गर्ने र व्यवसाय सञ्चालन बारे जागरुक्ता ल्याउन थप उर्जा मिल्ने विश्वास गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी