काठमाडौं– प्राइम कमर्सियल बैंक लिमिटेडमा जागिर खुल्ला भएको छ । बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले मंगलबार सार्बजनिक गरेको सूचना अनुसार रिस्क मेनेजमेन्ट, ब्रान्च मेनेजर, अफिसर लेभल, चार्टड एकाउन्टेन्ट, सुपरभाइजर, आईटी सहयोगीलगायतका ९ पदमा कर्मचारी माग गरिएको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले यही १२ मार्चभित्र आवेदन दिन सक्नेछन् ।