×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैंकबाट तलव बुझेपछि राउटे मुखियाको प्रतिक्रिया, ‘यो कागजको नि काम हुने रैछ, आज त मज्जा आइगो…’

 सुर्खेत
  • अर्थ सरोकार सम्बाददाता 
सुर्खेत – राउटे समुदायका पाँच जना राउटेले बुधवार जनता बैंकबाट तलब बुझेका छन् । राउटे बालबालिकामा कुपोषण बढ्दै गएपछि सामाजिक सेवा केन्द्र नामको संस्थाले उनीहरूलाई खानपान व्यवस्थापन गर्न नियुक्ति गरेको थियो । आफ्नो कामको महिना दिन पुगेपछि उनीहरु संस्थाले दिएको चेक लिएर बैंक पुगेका थिए । 
चेकबाट रकम पहिलोपटक निकालेका उनीहरु अचम्मित मात्र भएनन्, बैंकबाट चेक साट्दा खुसी पनि भए । राउटेका महामुखिया महिन बहादुर शाहीले कागजको पनि काम आएको भन्दै खुसी व्यक्ति गरे । बैंकको चेकलाई इंकित गर्दै उनले भने ‘यो कागज को पनि काम हुने रैछ ।आज त मज्जा आइगो ।’
आफुले एउटा कागज साटेर दुई हजार रुपैयाँ लिएको बताउने उनले काम गरेपछि तलव पाएको आफ्नो पहिलो अनुभव रहेकोसमेत सुनाए । समुदायका महामुखिया महिनबहादुर शाही, मुखियाहरू सुर्यनारायण शाही, दिलबहादुर शाही र वीरबहादुर शाही तथा राउटे युवा प्रकाश शाहीलाई जागिर दिइएको थियो । एईआएन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा सञ्चालित राउटे परियोजनाबाट उनीहरूलाई रोजगारी प्रदान गरिएको थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: