×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रशासनको शरणमा पुगेर सेयर सदस्यको बिलौना, ‘सहकारी लुटेरा यतिसम्म ‘पावरफूल’ परेछ, प्रहरीले नै खोज्न चाहेन’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्रशासनको शरणमा पुगेर सेयर सदस्यको बिलौना, ‘सहकारी लुटेरा यतिसम्म ‘पावरफूल’ परेछ, प्रहरीले नै खोज्न चाहेन’

१२ चैत्र २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 पोखरा
  • अर्थ सरोकार सम्बाददाता 
पोखरा- ६ वर्षसम्म पनि आफ्नो सहकारी लुट्ने लुटेरा प्रक्राउ नभएपछि सेयर सदस्यहरुले प्रशासन गुहारेका छन् । २०६९ वैशाख २६ गते राति साविक पुरुञ्चौरको सहकारीमा भएको लुटपाटमा संलग्नलाई केहि व्यक्तिहरुले नाटकीय ढंगले बचाएको आरोप समेत लगाउँदै उनीहरु प्रसासनको शरणमा पुगेका हुन् । ‘लुटेरा पावरफूल परेछ । न पक्राउ पर्छ, न उसलाई पक्राउ गर्न सञ्चालक समितिले एक्सन नै लिन्छ । प्रशासनले एक्सन लिनुपर्यो हजुर ।’ प्रशासन पुगेर उनीहरुले बिलौना गरे । किटानी जाहेरी नभएका कारण प्रहरीले कसैलाई पक्राउ गरेर अनुसन्धान गर्न नसकेको प्रहरी भनाइ छ ।
सहकारी फोरेर ६ लाख १९ हजार ४ सय ५० रुपैयाँ लुटिएको थियो । लुटेरा पत्ता लगाउन स्थानीयले दबाब दिएपछि सञ्चालक समितिको रोहबरमा प्रहरी अनुसन्धानले छिट्टै लुटेरा पत्ता लगाउने आश्वासनसमेत दिएको थियो । तर अहिलेसम्म लुटेरा पक्राउ परेनन् । पोखरा–१७ मा पर्ने यो सहकारीमा अहिले झन्डै १ हजार ८ सय सेयर सदस्य छन् ।
‘प्रहरी घटनास्थल पुग्नुअघि नै केही व्यक्तिबाट प्रमाण नष्ट गर्ने काम भएको थियो । त्यसयता लुटेरा पत्ता लगाउन न सञ्चालक समितिले एक्सन लियो, न प्रहरीले गहिरो अनुसन्धान नै थाल्यो ।’ स्थानीय जयराम गौतमले भन्छन्, ‘घटनाको प्रकृति हेर्दा लुटेरालाई जोगाउन पो खोजिएको हो कि भन्ने शंका उत्पन्न भएको छ । यसो त घटनाको छानबिन गर्न निर्मल गौतमको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो । तर, समितिले पनि असहयोगका कारण गहिरो अनुसन्धान हुन नपाएको गुनासो सेयर सदस्यहरुको छ । 
सोमबार सञ्चालक समिति र सेयर सदस्यहरुले कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई भेटेर घटनाबारे जानकारी गराएका छन् । प्रजिअ बुढाले भने कसैमाथि शंका भए किटानी जाहेरी दिन आग्रह गरे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: