Skip to content
LAXMI SUNRISE BANK

चलचित्र कलाकार संघको अध्यक्षमा सरिता लामिछानेको उम्मेद्वारी घोषणा

अर्थ सरोकार

काठमाडौँ – यहि चैत्र २३ गते हुँदै गरेको नेपाल चलचित्र कलाकार संघ को निर्वाचनमा वरिष्ठ कलाकार सरिता लामिछानेले अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेकी छिन । उनले आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै आफ्नो उम्मेद्वारीको घोषणा गरेकी हुन् । साथै उनले सोहि स्टाटस मार्फत सहयोगको अपिल समेत गरेकी छिन ।

यस अघि नेपाल चलचित्र कलाकार संघको महासचिवको जिम्मेवारी सफलाता पूर्वक सम्हाली सकेकी लामिछाने बिक्रम सम्बत २०५५ सल्ला देखि निरन्तर कलाकारिता क्षेत्रमा आबद्द छिन । चर्चित टेलिशृंखला ‘मुक्ति’ बाट अभिनय सुरु गरेकी सरिता लामिछानेले ‘गहना’, ‘जानकी’, ‘दुई दिनको जिन्दगानी’, ‘चाहना मनको’, ‘परिचय’ लगायत थुप्रै टेलिशृंखलामा अभिनय गरिसकेकी छिन्। पछिलो समय टेलिशृंखला ‘दृष्टि’ मा अभिनय गरिरहेकी लामिछानेले ‘सन्तानको माया’, ‘श्रीमान्–श्रीमती’, ‘हवल्दार सुन्तली’, ‘फिंगरप्रिन्ट’ र ‘सीता’ नामका फिल्ममा समेत अभिनय गरेकी छिन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK