×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

स्पर्श लघुवित्तको २ लाख ५२ हजार कित्ता आइपीओ आइतबारदेखि आउँदै, १३ सय ४० कित्तासम्म भर्न पाइने

आइपिओ नोटिस :
कम्पनी : स्पर्श लघुवित्त वित्तीय संस्था
खुला हुने मिति : आइतबार, फागुन २६ गते
भर्ने अन्तिम मिति : फागुन २९ गते
कित्ता : २ लाख ५२ हजार कित्ता
प्रति कित्ता मूल्य : १०० 
न्यूनतम कित्ता : १० कित्ता 
अधिकतम कित्ता : १३ सय ४० कित्ता
विवरण : 
स्पर्श लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणलाई २ लाख ५२ हजार कित्ता आइपीओ आइतबारदेखि बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले कुल २ लाख ६९ हजार ६३० कित्ता सेयरमध्ये ०.५% (४ हजार १४८ कित्ता) कर्मचारी र ५% (१३ हजार ४८२ कित्ता) सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । 
उक्त आइपिओ फागुन २६ गतेदेखि फागुन २९ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा सबै सेयर बिक्री नभएमा भने चैत २५ गतेसम्म भर्न सकिनेछ ।
आवेदन दिन सकिने शाखाहरु :
सानिमा क्यापिटल, काठमाडौँ । 
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
कम्पनी प्रोफाइल :
आइपिओ बिक्रीपछि चुक्ता पूँजी : ८ करोड २९ लाख ६३ हजार रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : ६ लाख २१ हजार रुपैयाँ
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: