×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

त्रिशुली जलविद्युत कम्पनीको ३७ लाख ५ हजार कित्ता आइपीओ दिउँसो १ बजे बाँडफाँट हुँदै

काठमाडौं – त्रिशुली जलविद्युत कम्पनीको ३७ लाख ५ हजार कित्ता आइपीओ आज बाँडफाँट हुने भएको छ । कम्पनीले उक्त बाँडफाँट हुने कार्यक्रम जलस्रोत तथा सिंचाई मन्त्रालयको सभा हल सिंहदरबार भित्र  दिउँसो १ बजे हुने तय भएको छ । कम्पनीको आइपिओ  बाँडफाँट कार्यक्रममा जलस्रोत मन्त्री वर्षमान पुन पनि सहभागी हुनेछन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार यो आइपीओमा करिब १८ गुणा बढी आवेदन परेको छ । 
कम्पनीले चैत ७ गतेदेखि चैत ११ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आइपिओमा  ३५ लाख ९३ हजार ८५० कित्ता सेयर बिक्रीमा ल्याएको हो । कुल ३७ लाख ५ हजार कित्ता आइपीओमध्ये १ लाख ११ हजार १५० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । यो कुल सेयर कित्ताको ३% हो । यो आइपीओमा पहिलो चरणमा प्रतिकित्ता १० रुपैयाँ तिरेर आवेदन दिने व्यवस्था गरिएको थियो । प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ भए पनि बाँकी रकम कम्पनीले दोस्रो चरणमा माग गर्नेछ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: