×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

युनियन हाइड्रोपावरको ३४ लाख ६३ हजार ६५४ कित्ता आइपिओ बिक्री खुला, कहिलेसम्म पाइन्छ भर्न ?

आइपिओ नोटिस :
कम्पनी : युनियन हाइड्रोपावर
खुला भएको मिति : आज (बुधबार,  चैत १३ गते)
भर्ने अन्तिम मिति : चैत १७ गते 
कित्ता : ३४ लाख ६३ हजार ६५४ कित्ता
प्रति कित्ता मूल्य : १०० 
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ३५ हजार कित्ता
विवरण : 
युनियन हाइड्रोपावरले ३४ लाख ६३ हजार ६५४ कित्ता आइपिओ आजदेखि बिक्री खुल्ला भएको छ । कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा ३५ लाख ३४ हजार ३४० कित्ता आइपीओ बिक्री ल्याएको हो । 
यसअघि कम्पनीले सर्वसाधारणका लागि २९ करोड १२ लाख ५५ हजार रुपैयाँको २९ लाख १२ हजार ५५० कित्ता आइपीओ निष्कासन गर्ने जनाएको थियो । युनियनले लमजुङ जिल्लाका आयोजना प्रभावितलाई ७ लाख ५० हजार कित्ता आइपीओ खुलेकोमा १ लाख २८ हजार २१९ कित्ताको लागिमात्र आवेदन परेको थियो । उक्त समयमा नबिकेको ६ लाख २१ हजार ७९० कित्ता समेतलाई जोडर ३४ लाख ६३ हजार ६५४ कित्ता सेयर आइपीओ बिक्री गर्न लागेको हो ।
यसमा कर्मचारीहरुलाई २% अर्थात ७० हजार ६८६ कित्ता सुरक्षित गरिएको छ । यस आइपीओमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गर्नेछ । यसमा आवदेन दिने म्याद चैत गतेसम्म १७ हुनेछ । सो अवधिमा सबै बिक्री नभएमा बैशाख १२ गतेसम्म भर्न पाइनेछ ।
आवेदन दिने ठाउँ :
लक्ष्मी क्यापिटल मार्केट, काठमाडौँ 
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
मेरो सेयरबाट पनि 
कम्पनी प्रोफाइल :
जारी पुँजी : ७५ करोड रुपैयाँ
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: