×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनियन हाइड्रोपावरको आइपिओ भर्ने समय लम्बियो, अब बैशाख १२ सम्म भर्न पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

युनियन हाइड्रोपावरको आइपिओ भर्ने समय लम्बियो, अब बैशाख १२ सम्म भर्न पाइने

Artha Sarokar

१७ चैत्र २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

आइपिओ नोटिस :
कम्पनी : युनियन हाइड्रोपावर
खुला भएको मिति : आज (बुधबार,  चैत १३ गते)
कित्ता : ३४ लाख ६३ हजार ६५४ कित्ता
प्रति कित्ता मूल्य : १०० 
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ३५ हजार कित्ता
विवरण : 
युनियन हाइड्रोपावरले ३४ लाख ६३ हजार ६५४ कित्ता आइपिओ भर्न समय लम्बिएको छ । युनियनले आइपीओ भर्ने समय छिटोमा आइतबार (चैत १७ गते) सम्म तोके पनि माग अनुसार आवेदन नपरेपछि म्याद लम्बिएको हो । यसमा हालसम्म २५ हजार ३०० जनाले २० लाख ६० हजार कित्ताका लागि मात्र आवेदन दिएका छन् । सर्वसाधारणलाई खुला गरेकोमध्ये अझै १४ लाख ३ हजार ६५४ कित्ता सेयरमा आवेदन पर्न बाँकी देखिन्छ । । 


युनियनले चैत १३ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ३४ लाख ६३ हजार ६५४ कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो । कम्पनीको आइपीओ ढिलोमा वैशाख १२ गतेसम्म भर्न पाउने व्यवस्था रहेको छ । तर उक्त समयभित्र माग अनुसार आवेदन परेमा पूर्व सूचना दिएर बिक्री बन्द हुने जानकारी गराउने बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ ।
यसअघि कम्पनीले सर्वसाधारणका लागि २९ करोड १२ लाख ५५ हजार रुपैयाँको २९ लाख १२ हजार ५५० कित्ता आइपीओ निष्कासन गर्ने जनाएको थियो । युनियनले लमजुङ जिल्लाका आयोजना प्रभावितलाई ७ लाख ५० हजार कित्ता आइपीओ खुलेकोमा १ लाख २८ हजार २१९ कित्ताको लागिमात्र आवेदन परेको थियो । उक्त समयमा नबिकेको ६ लाख २१ हजार ७९० कित्ता समेतलाई जोडर ३४ लाख ६३ हजार ६५४ कित्ता सेयर आइपीओ बिक्री गर्न लागेको हो ।
यसमा कर्मचारीहरुलाई २% अर्थात ७० हजार ६८६ कित्ता सुरक्षित गरिएको छ । यस आइपीओमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गर्नेछ । यसमा आवदेन दिने म्याद चैत गतेसम्म १७ हुनेछ । सो अवधिमा सबै बिक्री नभएमा बैशाख १२ गतेसम्म भर्न पाइनेछ ।
आवेदन दिने ठाउँ :
लक्ष्मी क्यापिटल मार्केट, काठमाडौँ 
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
मेरो सेयरबाट पनि 
कम्पनी प्रोफाइल :
जारी पुँजी : ७५ करोड रुपैयाँ
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी