
- अर्थ सरोकार संबाददाता
काठमाडौँ- मुलुककै राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य तिब्रका साथ भईरहेको छ । आयोजनास्थल दोलखाको विगु गाउँपालिका वडा नम्बर १, गोंगर पुगेर आयोजना निर्माणको अध्ययन भ्रमणपछि उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बर्षमान पुनले आयोजनाको निर्माण कार्य तिब्र गतिमा अघि बढेको बताउनुभएको हो । उर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेपछि दोश्रो पटक आयोजना स्थल पुगेका मन्त्री पुनले निर्धारित समय भित्रै निर्माण सम्पन्न गर्ने गरि आयोजनाको काम भईरहेको आफुले पाएको भन्दै सुखी व्यक्त गर्नुभयो । उहाँले ठुला आयोजना नेपालीले गर्न सक्छन् भन्ने कुराको नमूना नै माथिल्लो तामाकोशी जलविद्युत् आयोजना रहेको टिप्पणी गर्नुभयो ।
मन्त्री पुनले मुलुककै ठुलो आयोजना भएकाले साना ठुला समस्या आईनै रहने भएपनि पछिल्लो समयमा भएको निर्माणको गतिलाई हेर्दा २०७६ मंसिरमा नै आयोजनाले परिक्षण उत्पादन गर्नेमा आफु विश्वस्त भएको प्रतिक्रिया दिनुभयो । उर्जा मन्त्री पुन संगै राष्ट्रिय योजना आयोगका सदस्य कृष्ण प्रसाद ओली, नेपाली विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको अध्ययन टोलीलाई आयोजनाका प्रमुख कार्यकारी विज्ञान प्रसाद श्रेष्ठले निर्माण कार्यमा भएको प्रगती तथा समस्या र चुनौतिबारेमा जानकारी गराउनुभएको थियो । उहाँले अहिले सम्म प्रसारण लाईन तथा सबस्टेसन निर्माणको ८५ प्रतिशत काम पुरा भएको र त्यसका लागि ४४ अर्ब ७ करोड रुपैया खर्च भईसकेको जानकारी दिनुभयो ।
निर्माण अवधिको व्याज १९ अर्ब ८४ करोड सहित आयोजनाको अनुमानित लागत ६९ अर्ब ५९ करोड रुपैया रहेको उहाँले जानकारी दिनुभयो । २०६५ सालमा ३५ अर्ब २९ करोड लागत अनुमान गरिएको यस आयोजनाको २०७४ पुसमा ४९ अर्ब २९ करोड रुपैया लागत पुगेको थियो । आयोजनाका प्रमुख कार्यकारी श्रेष्ठले आगामी मंसिरमा परीक्षण उत्पादन सुरु गर्ने गरि काम भईरहेको र व्यवसायिक उत्पादनका लागि थप केही समय लाग्ने बताउनुभयो ।
मन्त्री पुनको टोलीले आयोजनाको बाँध, सुरुङ तथा विद्युत्गृहको अवलोकन गरेको थियो । अवलोकन भ्रमणको क्रममा आयोजनाका ठेकेदारहरु र सरोकारवालाहरु सँग छलफल तथा अन्तरक्रिया पनि गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्