
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- लिखत सम्बन्धि तथा बैकिङ कसुरमा २ जना पक्राउ परेका छन्प । फिडियस ट्राभल्स एण्ड टुर्स प्रालिका नाममा आन्तरिक राजश्व कार्यालय, लाजिम्पाटबाट जारी गरिएको करचुक्ता प्रमाण पत्रलाई किर्ते गरी श्री झरना ह्युम्यान रिसोर्स प्रालिको नाममा जारी भएको बनाई कर चुक्ता प्रमाणपत्र तयार गरी कृषि विकास बैंक, स्वयम्भु शाखाबाट ऋण लिने कार्यमा संलग्न झरना ह्युम्यान रिसोर्स प्रालिका संचालकलाई सीआइबीले पक्राउ गरेको छ ।
चितवन पार्वतीपुर-३ घर भई हाल काठमाडौँ, ५ गोंगबु बस्ने बर्ष ३७ को शंकर धिताल र तनँहु भानु नगरपालिका १२ घर भई हाल टोखा- १० बस्ने बर्ष २२ को अनिल अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ गरिएका अभियुक्तहरुलाई लिखित सम्बन्धी र बैकिङ कसूरमा अनुसन्धान भैरहेकोमा लिखत सम्बन्धी अनुसन्धान पुरा गरी जिल्ला सरकारी वकिल कार्यालय मार्फत काठमाण्डौं जिल्ला अदालतमा अभियोग पेश भई सकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फिडियस ट्राभल्स एण्ड टुर्स प्रालिको नाममा जारी भएको कर चुक्ता प्रमाणपत्रलाई बैंकबाट ऋण लिनको लागि झरना ह्युम्यान रिसोर्स प्रालिलाई नाफामा देखाउनको लागि किर्ते गरिएको पाइएको छ ।
झरना ह्युम्यान रिसोर्स प्रालिको नाममा किर्ते गरी कृषि विकास बैंक, स्वयम्भु शाखाबाट रु ४०,००,००० कर्जा लिइएको थियो । लिखत सम्बन्धी कसूरमा मिति २०७६- बैशाख ९ गते जिल्ला अदालत काठमाण्डौको आदेशले दुवै जनालाई पुर्पक्षको लागि जेल चलान भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्