
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- विहारका अमरजित कुमार सिंह विवाहको तयारीमा छन् । बिगत १० बर्षदेखि नेपालमै घर बनाउने काम गरिरहेका उनले एसबिआई बैंकमा आफ्नो मेहेनतको कमाइ जम्मा गरेका छन् । तर उनलाई थाहा नै नदिइ कसैले उनी नेपालमै छँदा उनको खाताको ५ लाख रुपैया भारतका विभिन्न एटिमबाट निकालियो । जसका कारण उनी तनावमा छन् । विवाहका लागि जोगाएको रकम हराएपछि उनी साच्चै समस्यामा परेका छन् ।
उनले अर्थ सरोकार डटकमलाई दिएको कागजात अनुसार उनको एटिएम भारतका विभिन्न बैंकहरु स्टेट बैक अफ ईन्डिया, बैंक अफ ईन्डिया, एचडी एफसी बैंक, आइसी, आइसीआई बैंक, कैनरा बैंक, आइडीबीआई बैंक, पन्जाब नेश्नल बैंक लगायत अन्य धेरै बैंकहरुको एटिम मेसिनमा १ सय ५२ पटक प्रयोग भएको छ । र उनको रकम पटक पटक झिकिएको छ ।
५ मिनेको फरकमा २० किलोमिटरको दुरीमा दुई पटक एटिएम प्रयोग गरिएको समेत देखिएको छ । आफ्नो पैसा हराएपछि बैंकमा गुनासो गर्न पुगेका उनलाई बैकले सुरुमा ३५ दिनसम्म धैर्यता गर्न भने । तर पछी उनलाई बैंकले दुख दिने काम मात्र गर्यो । बिहार नै गएर प्रहरीमा निवेदन दिन बैंकले अर्हाएपछी उनी के गर्नु र कसो गर्नुको स्थितिमा पुगे । दुख दिने काम यतिसम्ममा मात्र रोकिएन । उनलाई कहिले बैंकका कर्मचारीले, कहिले सिआइबी, कहिले दरबारमार्ग चौकी, कहिले दुतावास र कहिले पर्यटन प्रहरीको पठाइयो ।
उनले बीचमा अर्थ सरोकार लगायतका मिडियामा जान्छु भनेपछि बैंकले पैसा दिन्छु भन्यो । तर बैंकले फेरि झुलायो । केहि दिनमा अमरजितको बिहे छ । त्यही पैसा आएपछि बिवाह हुनेहो उनको तर बैंक भने उनलाई झुलाई मात्र रहेको छ । अहिले पनि बैंकका कर्मचारी ३ गते भित्र सबै पैसा भुक्तानी हुने बताइरहेका छन् । तर विवाहका लागि उनको पैसा आएन भने साच्चै समस्यामा परिन्छ भनेर उनी तनावमा छन् ।










Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्