
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- कृषि बिकास बैंकमा नक्कली बैंक ग्यारेन्टी बन्ने गरेको खुलासा भएको छ । कृषि बिकास बैंकमा बनेको नक्कली बैंक ग्यारेन्टीका आधारमा भुक्तानी लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसंगै यस्तो रहस्य बाहिर आएको हो । जिल्ला प्र्राविधिक कार्यालय भोजपुरले उन्नती कार्यक्रम अन्र्तगत भोजपुर टक्सार गगने लेखर्क सडक स्तरोन्नतीका क्रममा नक्कली बैंक ग्यारेन्टी बनाउने कार्यालयका तत्कालीन प्र्रमुख सहित ६ जना बिरुद्ध विशेष अदालतमा मुद्धा दर्ता भएको छ । उनीहरुले मिलेमतोमा करिब साढे ६ करोडको सडक निर्माण नगरी भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
तत्कालीन प्रमुख लालु गिरी, लेखापाल रामबहादुर दाहाल, तत्कालीन शाखा अधिकृत छविलाल ढकाल, ठेकेदार कम्पनीका प्रबन्धक निर्देशक माधवप्रसाद खनाल, वाईपी कन्सट्रक्सनका राजु श्रेष्ठ, रणधिर तुम्बा र देवजंग शाही विरुद्ध भ्रष्टाचार मुद्धा मुद्धा दर्ता भएको छ । नक्कली बैंक ग्यारेन्टी पेश गरी ठेकेदारलाई भुक्तानी दिएको उजुरीपछि अनुसन्धान हुँदा एम।के।वाई।पी।जे।भी।को तर्फबाट दुई पटक नक्कली बैंक ग्यारेण्टी पेश गरी मोबिलाईजेसन रकम माग गरेको पाईएको थियो ।
अर्थ सरोकारलाई प्राप्त जानकारी अनुसार अख्तियारले तत्कालीन प्र्रमुख गिरीलाई १ करोड १० लाख ८० हजार रुपयाँ माग दावी सहित भ्रष्ट्राचार मुद्धा दर्ता गरेको छ । उनलाई भ्रष्ट्राचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुरमा विगो कायम गरी भ्र्रष्ट्राचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ बमोजिम सजाय माग गरिएको छ ।
त्यस्तै अनियमिततामा जोडिएका लेखापाल दाहाल, शाखा अधिकृत ढकाल,ठेकेदार कम्पनीका प्र्रवन्ध निर्देशक खनाल र कन्सट्रक्सन कम्पनीका श्रेष्ठ विरुद्ध जनही १ करोड १० लाख ८० हजार रुपयाँ माग दावी गर्दै विशेष अदालतमा मुद्धा दर्ता भएको छ । ठेकेदार कम्पनीका अय दुई जना रणधीर तुम्बालाई ५५ लाख ३० हजार रुपयाँ र देवजंग शाहीलाई ५५ लाख ५ हजार माग दावी सहित मुद्धा दर्ता भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्